ब्राजिलको सङ्घर्ष पूर्ण जित

Manoj Shiama
21 March, 2025 1:00 pm

ब्राजिलले दक्षिण अमेरिकी समूहको विश्वकप छनोट अन्तरगत शुक्रवार बिहान भएको खेलमा कोलम्बियालाई २–१ ले हराएको छ । छैटौँ मिनेटमा राफिन्हाको गोलमा अग्रता लिएको ब्राजिलको विरुद्धमा लुइस डियाजे ४१  औ मिनेटमा बराबरी गोल गरेका थिए । ब्राजिलका लागि इन्जुरी समयको नवौँ मिनेटमा भिन्सियस जुनियरले गोल गरे । 

अर्को खेलमा पेरुले बोलिभियालाई ३–१  ले हरायो । एन्डी पोलोले ३७ औ मिनेटमा अग्रता लिएको सो खेलमा पावलो गुरेराले पहिलो हाफमा नै पेरुलाई दोस्रो गोलको अग्रता दिलाएका थिए । बोलिभियाका माइगुयल टेरोरियसले ५८ औ मिनेटमा  गोल गरे । ८२ औ मिनेटमा एडिसन फरेलासले थप गोल गरे । पाराग्वेले चिलीलाई १–० ले हरायो । 

दक्षिण अमेरिकी क्षेत्रको छनोटमा अर्जेन्टिना २५ अङ्क सहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको ब्राजिलको २१ अङ्क छ ।