जापान विश्वकपमा छनोट
Manoj Shiama
21 March, 2025 1:26 pm

३ आयोजक देश मेक्सिको, क्यानडा र अमेरिका पछि फिफा विश्वकप २०२६ मा टिकट पक्का गर्ने देश जापान भएको हो । समूह सीको खेलमा जापानले बहराइनलाई २–० ले हराएको हो । सोही समूहको अर्को खेलमा अस्ट्रेलियाले इन्डोनेसिया माथि ५–१ को जित हात पारेको छ । साउदी अरेबियाले चीनलाई १–० ले हराएको छ ।
एसियाली देशहरूको खेलमा समूह एमा उज्बेकिस्तानले क्रिगिस्तानलाई १–० ले हरायो । इरानले पनि संयुक्त अरब इमिरेट्ससँगको खेलमा २–० को सफलता पायो । कतारले उत्तर कोरियालाई ५–१ ले हरायो ।
समूह बीमा कोरिया र ओमान बिचको खेलमा १–१ गोलको बराबरी भएको छ । जोर्डनले भने प्यालेस्टाइनलाई ३–१ ले हरायो । इराक र कुवेत बिचको खेलमा २–२ गोलको बराबरी भयो ।