ब्वाईज यूनियन सेमिफाईनलमा

photoodhakuta1
धनकुटामा जारी शहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको बुधबार भएको अन्तिम क्वाटर फाईनल खेलमा दार्जेलिङ्ग फुटवल क्लवलाई पराजित गर्दै ब्वाईज युनियन क्लव सेमिफाईनल प्रवेश गरेको छ ।
स्थानीय तल्लो टुडिखेलमा अपरान्ह भएको खेलमा दार्जेलिङ्गलाई २–१ गोल अन्तरले पराजित गर्दै ब्वाईज युनियन क्लव काठमाण्डौ सेमिफाईनल प्रवेश गरेको हो । ब्वाईज यूनियनका लागि नाईजेरियन खेलाडी भिक्टोरले खेल सुरु भएको दुई मिनेट बित्न नपाउँदै गोल गरेका थिए । मध्यान्तरपछि दार्जेलिङ्गका वाङ्देन तामाङ्गले गोल गर्दै खेललाई १–१ को वरावरीमा ल्याए । खेल सकिन २ मिनेट बाँकी रहदा नाईजेरियन खेलाडी नन्दो हासले गोल थप्दै ब्वाईज यूनियनलाई सेमिफाईनलमा पुर्याएका हुन । खेलको म्याद अफ द म्याच ब्वाईज यूनियनका प्रथम गोलकर्ता भिक्टोर घोषित भए ।
ब्वाईज यूनियनले अव फाईनल प्रवेशका लागि सुक्रवार डिफेण्डीङ्ग चेम्पियन फेन्स क्लव बिआरसी भुटानको सामना गर्नुपर्नेछ । धनकुटा निलोलाई ५–२ गोल अन्तरले हराउँदै भुटान सेमिफाईनल पुगेको हो । यता बिहिबारको पहिलो सेमिफाईनल खेलमा झापा ११ र आयोजक धनकुटा रातो फाईनल प्रवेशका लागि भिड्दैछन । झापाले राष्ट्रिय जागृति क्लव सुनसरीलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाईनलमा पुगेको हो भने आयोजक धनकुटा रातोले क्वाटरफाईनलमा मोरङ फुटवल क्लवलाई ११–१० गोल अन्तरले पराजित गरेर सेमिफाईनल प्रवेश गरेको हो । गत आईतवारबाट सुरु प्रतियोगिताको ११ औँ सस्करणको फाईनल खेल आगामी शनिबार हुँदैछ ।

Comment