पारा तेक्वान्दो खेलाडी कोरिया प्रस्थान

jd1
डब्लुटीएफ–केएचयु पार्टनरसिप तेक्वान्दो प्रोग्राम फर क्याडेट क्याम्प एन्ड पारा तेक्वान्दो कोर्समा सहभागी हुन २ सदस्यीय नेपाली पारा तेक्वान्दो खेलाडी टोली सोमबार दक्षिण कोरियाको सुवान प्रस्थान गरेका छन् ।
जुलाई २२ देखि ३१ तारिखसम्म सञ्चालन हुने कोर्समा विश्वराम बरुवाल र सोमबहादुर सुनुवारले सहभागिता जनाउने छन् ।
खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पा र नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन ढुंगेलले एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा उपाध्यक्ष शेर्पाले आफू पनि व्हीलचेयर बास्केटबल संघको अध्यक्ष भएकोले पारा खेलकुद र खेलाडीको विकासका निम्ति लागी परेको बताए ।

 

Comment