नेपाल समुहमा पहिलो
काठमाडौमा जारी साफ यू–१९ फुटबल च्याम्पियनसिपमा सोमबार नेपालले बंगलादेशलाई २–१ ले पराजित ग¥यो ।नेपाललाई जित दिलाउने क्रममा अन्जन बिष्ट र अनन्त तामांगले गोल गरे । विजयी नेपालले समुहमा पहिलो स्थान हात पारेको छ । मंगलबार हुने भारत र माल्दीभ्सको खेल पछि सेमिफाइनलमा टेपालको प्रतिद्धन्दीको टुंगो लाग्ने छ । सोमबारको खेलमा ११ औ मिनेटमा मनब रबेको पासमा रोहीत सरकारले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । १८ औ मिनेटमा बिश्वास श्रेष्ठको पासलाई रोक्ने प्रयासमा बंगलादेशका रक्षकले ह्यान्ड गरे पछि प्राप्त पेनाल्टीमा अन्जनले गोल गरे । इन्जुरी समयको तेस्रो मिनेटमा सुनील बलले प्रहार गरेको फ्रिकीकमा अनन्तले हेड गोल गरे ।