तेक्वान्दो पावरहाउस कोटेश्वर नया संरचनामा

koteswart
नेपाली तेक्वान्दोमा महत्वपूर्ण प्रभाव रहेको काटेश्वर तेक्वान्दो डोजांग नया संरचनामा प्रबेश गर्ने भएको छ । हाल महादेबस्थान र जडीबुटी दुइ स्थानमा प्रशिक्षण सञ्चालन गरिरहेको कोटेश्वरले पेप्सीकोलामा  नया हल बनाउने तयारी गरेको छ । हाल स्नुकर र फीटनेस सेन्टर सहित सञ्चालीत डोजांगमा थुप्रै अत्याधुनीक भौतीक संरचना तयार हुने छ । राष्ट्रिय टोलीका खेलाडीका लाथि फीटनेस र ब्यायमशालाका लागि समेत सो स्थान उपयुक्त हुने बिश्वास गरिएको छ । डोजांग प्रमुख नबीन कुमार श्रेष्ठ भन्छन्, “पूर्ण ब्यबसायीक तेक्वान्दो प्रशिक्षण केन्द्रको तयारीमा हामी छौ । ”एउटा पूर्ण तेक्वान्दो एकडेमीका लागि आबस्यक पर्ने सम्पूर्ण संचरान तयार गरिने जनाइएको छ । स्वीमंग पुलको निमार्ण र  प्रत्येक महिना स्तरीय खेल र नियमित समयको अन्तरालमा अन्तराष्ट्रिय आमन्त्रण प्रतियोगिता कोटेश्वरका थप आकर्षण हुने  छन् ।
यसका लागि अमेरिकामा रहेको वान एकडेमीका उपप्रमुख नबीनका भाइ तथा साफ स्वर्ण पदकधारी निरञ्जन श्रेष्ठको बिशेष भुमिका रहने छ । हाल लाल बहादुर थापाले नबीनलाई सहयोग गरिरहेको कोटेश्वरमा थप केही प्रशिक्षक समाबेश गरिने छ ।
नेपाली तेक्वान्दोमा पायनीठर ठहरिएको कोटेश्वरका प्रमुख नबीन श्रेष्ठका निर्मल र निरञ्जन सहितको तीन दाजु भाइले एसियाडमा सहभागिता जनाउदै नेपालको इतीहासमा कीर्तिमान कायम गरेका थिए । यसैगरी सोही डोजांगका रञ्जन श्रेष्ठ र सक्षम कार्की राष्ट्रिय टोलीका प्रभावकारी सदस्य हुन् । हालै मलेसियाका सम्पन्न आमन्त्रण अन्तराष्ट्रिय प्रतियोगितामा कोटेश्वरकी काजल श्रेष्ठ स्वर्ण पदक सहित उत्कृष्ट खेलाडी भएकी थिइन् । काजल चाडै नै राष्ट्रिय टोलीमा प्रबेश गर्ने बिश्वास राख्ने नबीन उनी नै साफ स्वर्ण पदक सम्म जित्न सक्ने खेलाडी भएको बताउछन् । काजलले बिश्व जुनियर च्याम्पियनसीपमा समेत सहभागिता जनाइसकेकी छिन् । तेक्वान्दो संघको रेफ्रि समितीको सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्बाह गरेका डोजांग प्रमुख नबीनले प्रशिक्षकको रुपमा भियतनाममा भएको ओलम्पिक छनोटको जिम्मेवारी सम्हालेका थिए । जहाबाट नेपालका दिपक विष्ट ओलम्पिकमा छनोट भएका थिए । नबीन अहिले पनि टोलीको प्रशिक्षकको जिम्मेवारीमा छन् । उनका भाइ निर्मल र निरञ्जन दुवै साफ स्वर्ण पदक धारी हुन् । निरञ्जनसंग बिश्व च्याम्पियनसीप समेतको अनुभब छ ।

 

Comment