नेपाल र भारत बराबर

नेपाल र भारत विचको मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सम्पन्न भएको छ । घरेलु टोली भारतको मैदानले अन्तिम समयमा केही राम्रा मुभ बनाए पनि गोल गर्न असमर्थ रहेको थियो । जमनु राइले एक आकर्षक मुभ बनाए पनि गोल गर्न असमर्थ रहे । गोलरक्षक किरण चेम्जोंगले केभिन लोबोको एउटा सानदार प्रहार बचाउदै नेपालको संकट टारेका थिए । यसै गरी, सुनील क्षेत्रीले पनि दुवै हाफमा  राम्रो अबसर गुमाएका थिए । नेपालका युवा खेलाडी अन्जन विस्ट खेलमा छाएका थिए ।

Comment