मनाङ्ग मस्र्याङ्गदी र थ्रीस्टार बराबरीमा

tsc manang1
ए डिभिजन लिग फुटबलको शुक्रबार भएको खेलमा मनाङ्ग मस्र्याङ्गदी क्लब र थ्रीस्टार क्लब विच १–१ गोलको बराबरी भएको छ । १० औ मिनेटमा जगजीत श्रेष्ठको गोलमा अग्रता लिएको थ्रीस्टारको विरुद्धमा ३५ औ मिनेटमा सुजल श्रेष्ठले गोल गरे । बराबरी पछि थ्रीस्टार १५ अंक सहित दोस्रो स्थानमा छ भने मनाङ्ग १३ अंक सहित पाचौ स्थानमा छ । सुरुवातमा राम्रो लयमा रहेको थ्रीस्टारका लागि जगजीतले विक्रम लामाको पासमा गोल गरेका हुन् । ३५ औ मिनेटमा सपटर सेगुनले डिबबक्स भित्र ह्यान्ड गर्दै विपक्षीलाई पेनाल्टी उपहार दिए पछि खेलको दिसा मोडीएको थियो । सुजलले पेनाल्टीमा गोल गरे ।
५२ औ मिनेटमा डुडोजको पासमा गोलको नजीक पुगेका ुसील केसीलाई रोक्दै सेगुनले नै थ्रीस्टारको संकट टारेका थिए । एमएमसी प्रशिक्षक राजु काजी शाक्यले बराबरीका बाबजुद सन्तुष्टी ब्यक्त गरे । थ्रीस्टारका प्रशिक्षक राजेन्द्र तामांगले जितका लागि खेलेको भए पनि बराबरीले सन्तुष्टि दिलाएको बताए ।

 

Comment