इन्द्रकलालाई बधाइ

indrakala1
इजरायलको हजोरियामा भएको अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनमा दोश्रो भएकी इन्द्रकला घिमिरेलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बधाइ दिएका छन् ।त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा बधाइ दिने क्रममा सदस्य–सचिव विष्टले इन्द्रकलालाई मायाको चिनो प्रदान गरेका थिए ।
गत अक्टोबर २२ तारिखमा भएको १ सय किलोमिटर दूरीको म्याराथन इन्द्रकलाले १२ घण्टा ३१ मिनेटमा पूरा गरेकी थिइन् । नवलपरासी गैडाकोटकी इन्द्रकला विगत १० वर्षदेखि इजरायलमै बस्दै आएकी छन् ।

Comment