प्रतिवेदन हस्तान्तरण

ganga1
कर्मचारी सेवा शर्त सम्बन्धी नियमावली दोश्रो संशोधनलाई समयानुकुल परिमार्जन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवं समितिका संयोजक गंगाबहादुर थापाले राखेप सदस्य–सचिव केशवकुमार विष्टलाई प्रतिवेदन हस्तान्तरण गरे ।
राखेपको १०२ औं बोर्ड बैठकले थापाको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको थियो । समितिका सदस्यहरुमा महेन्द्र राई, नारायणराज अर्याल र भोजानन्द राई रहेका छन् ।

Comment