कर्मचारी कभर्डहल बन्ने

सार्वजनिक संस्थान खेलकुद संघ नेपालले कर्मचारीका लागि कभर्डहल निर्माण गर्ने भएको छ । संघका अध्यक्ष कुलबहादुर आचार्यको अध्यक्षतामा सोमबार बबरमहलस्थित नेपाल आयल निगममा बसेको बैठकले उक्त निर्णय गरेको संघका महासचिव रामविनय श्रेष्ठले जनाएका छन् ।
त्यसका लागि संघका वरिष्ठ उपाध्यक्ष मित्रकुमार राईको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ । कभर्डहल उपत्यकामै बन्ने बताइएको छ । निर्माण कार्यका लागि आर्थिक सहयोग संकलन गर्न ‘कर्मचारी कभर्डहल निर्माणका लागि सय रुपैयाँ अभियान’ भन्ने नारा संघले तयार गरेको छ ।
त्यस्तै बैठकले ९ औं अन्तर सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता माघमा गर्ने निर्णय गरेको छ । प्रतियोगितामा ब्याडमिन्टन, दौड, टेबलटेनिस र बुद्धिचाल समावेश गरिने महासचिव श्रेष्ठले जानकारी गराए ।

Comment