ट्राइयाथलनमा डेनिस प्रशिक्षक

nilen

भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई मध्येनजर राख्दै नेपाल ट्राइयाथलन संघले डेनिश प्रशिक्षकलाई राष्ट्रिय प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।कास्कीको वेगनाश तालमा भएको सातौ राष्ट्रिय प्रतियोगिता अन्तरगत चौथौं राष्ट्रिय ट्राइयाथनल प्रतियोगिताबाट सागको लागि छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखी उत्कृष्ट नतिजा ल्याउने उद्धेश्यले ५१ बर्षिय बिदेशी प्रशिक्षक पिटर ज्याकोवसनलाई राष्ट्रिय प्रशिक्षकको रुपमा नियुक्त गरिएको संघद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।
प्रशिक्षक ज्याकोवसन ट्राइयाथनल प्रशिक्षकका साथ साथै शारीरिक र मानसिक  प्रशिक्षणका ज्ञाता समेत रहेका छन् । उनी आफ्नो जमानाका उत्कृष्ट खेलाडी हुनुका साथै ट्राइयाथनलका निकै अनुभवी प्रशिक्षक समेत रहेका छन् । उनले डेनमार्क, जर्मनी, जिम्वाब्वे, म्यानमार, सिङ्गापुर र कम्वोडियामा प्रशिक्षकको रुपमा रहेर काम गरिसकेका छन् ।
सागमा स्वर्ण पदक हासिल गर्ने उद्धेश्यका साथ तयारीमा जुटेको नेपाल ट्राइयाथलन संघले आफ्नो उद्धेश्यलाई मूर्तता प्रदान गर्न बिदेशी प्रशिक्षकलाई भित्राएको संघका महासचिव निलेन्द्र राज श्रेष्ठद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा जनाईएको छ ।
हाललाई साग सम्मको सम्झौता भएता पनि नेपाली ट्राइयाथलनलाई उत्कृष्ट बनाउनको लागि आगामी २ देखि ४ बर्ष सम्म ज्याकोवसनलाई नेपाली राष्ट्रिय प्रशिक्षकको रुपमा नेपालमा राख्न पहल गर्ने महासचिव श्रेष्ठले बताए ।

Comment