एपीएफका दुवै टीम फाइनलमा
पाचौँ पुरुष तथा चौथो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको बिहीबार भएको सेमिफाईनल खेलबाट सफलता हात पादै एपीएफका दुवै महिला टोली फाइनलमा प्रवेश गरेका छन् । पहलो समिफाईनलमा विनीता बुढाथोकी र रेश्मा भण्डारीले आर्मीका निमा श्रेष्ठ र रत्न गुरुङको जोडिलाई १४–,२१,२१–७ र १५–१३ ले हराउन सफल भए । त्यस्तै अर्को सेमिफाईनलमा सरस्वती चौधरी र नेविका चौधरीको जोडीले पश्चिमाञ्चलका मन्जु गुरुङ र अरुणा शाहीको जोडीलाई २१–४ र २१–१८ को सोझो सेटमा हराएका थिए । विनीता र रेश्मा तथा सरस्वती र नेविकाको जोडी अपराजित रहदै सेमिफाइनलमा प्रवेश गरेका थिए ।
सुनसरीको इटहरी उपमहानगर पालिकामा भएको पुरुषतर्फको क्वाटर फाईनल खेलमा एपीएफका महेन्द्र श्रेष्ठ र सुरेश चौधरीको जोडीले मध्यामन्चलका राजेन्द्र शर्मा र दमन केसीको जोडीलाई २१–१२ र २१–१६ को सोझो सेटमा हराउदै सेमिफाईनलमा प्रबेश गरे । महेन्द्र र सुरेशको जोडी लिग चरणको खेलमा अपराजित रहदै अन्तिम आठमा स्थान बनाएका थिए । त्यस्तै आर्मीका ज्ञानेश्वर अधिकारी र भरत भण्डारीको जोडीले एपीएफका डायमण्ड बस्नेत र लक्ष्मण रानाको जोडीलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजित गदै सेमिफाईनलमा स्थान पक्का गरे । तेश्रो क्वाटर फाईनल खेलबाट सफलता हात पादै आर्मीका हरिहर थापा र मानबहादुर श्रेष्ठको जोडी सेमिफाईनलमा प्रबेश गरे । उनीहरुले पश्चिमान्चलका सन्जुबिक्रम शाह र अर्जुन गुरुङको जोडीलाई २१–१०,१४–२१ र १५–५ ले हराएका थिए । अन्तिम क्वाटर फाईनलमा पश्चिमान्चलका रमेश केसी र भुपेन गुरुङको जोडीले पुर्वान्चलका कुशल कार्की र गोबिन्द पराजुलीको जोडीलाई २१–१४ र २१–१२ को सोझो सेटमा पराजित गदै सेमिफाईनलमा आर्मीका हरिहर थापा र मानबहादुर श्रेष्ठको जोडीसग भेट पक्का गरेका छन् । त्यस्तै अर्को सेमिफाईनलमा एपीएफका महेन्द्र श्रेष्ठ र सुरेश चौधरीको जोडीले आर्मीका ज्ञानेश्वर अधिकारी र भरत भण्डारीको जोडीसग खेल्ने छन् ।