खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने मन्त्री मण्डलको प्रतिबद्धता

nocce
युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले आफ्नो पहिलो प्राथमिकता मुलुकको खेलकुद क्षेत्रलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनु रहेको बताएका छन् । नेपाल ओलाम्पीक कमिटिले मन्त्री मण्डललाई स्वागत  गर्न बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री मण्डलले राष्ट्रकै प्रतिष्ठाको रुपमा रहेको खेल क्षेत्रमा रहेको चरम राजनीतिक हस्तक्षेपको अन्त्य नगरेसम्म वर्तमान समस्या समाधान नहुने उल्लेख गरे । उनले नयाँ संविधान अनुसार खेल क्षेत्रका लागि आवश्यक ऐन, कानुन संशोधन गर्दा सरोकारवालाहरुको माग र आवश्यकतालाई ध्यान दिने प्रतिबद्धता जनाए । उनले  खेलकुदको अन्र्तराष्ट्रिय मर्यादालाई ख्याल गर्दै नेपाल ओलाम्पीक कमिटिको स्वायत्तmलाई मध्यनजर गर्दै ऐन ल्याउने बताए ।  सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेट विनीयोजनका लागि अर्थ मन्त्रीले सकरात्मक प्रतिबद्धता जनाई सकेकोले बजेटको अभाव नहुने दावी गरे । मन्त्री मण्डलले संविधानमा व्यवस्था गरिएको नागरिकको कर्तव्य पालनामा सम्झौता नगर्ने जिकीर गर्दै राष्ट्रको प्रतिष्ठा माथी आँच आउने क्रियाकलापहरु बिरुद्ध उभिने बताए ।
कार्यक्रममा नेपाल ओ्लाम्पीक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको अन्तराष्ट्रिय नियम र अन्तराष्ट्रिय ओलाम्पीक कमिटीको बडापत्र अनुसार नेपाल ओलाम्पीक कमिटि र राष्ट्रिय संघहरुले स्वायत्क्ता पाउनु पर्नेमा जोड दिए । विश्व खेलकुदको मर्यादालाई केन्द्रमा राखेर खेल क्षेत्रको ऐन ल्याउनुपर्नेमा जोड दिदै अध्यक्ष श्रेष्ठले  भौतिक पुर्वाधार विकास र खेलाडीहरुको प्रशिक्षणका लागि योजना ल्याउन सुझाव दिए  ।  उनले  नेपालमा आयोजना हुने तेह्रौँ साग गेमको तयारी अहिले देखी नै सुरु गर्नु पर्ने र भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरुको मर्मत गरिनु पर्ने बताए । यस्तै ओलाम्पीक कमिटीका महासचिव लामा टेण्डी शेर्पाले मन्त्री मण्डलको नेतृत्वमा नेपाली खेलकुदले  महत्वपुर्ण उपलब्धी हाँसिल गर्ने अपेक्षा सहित धन्यबाद दिए । कार्यक्रममा  ओलाम्पीक डे का अवसरमा सम्पन्न विभीन्न प्रतियोगितामा उत्कृष्ट हुने बालबालिकाहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

Comment