संरक्षकको विजयी अभियान जारी

tennis samrachyakeभारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने महिला खेलाडीको शुक्रबार टुंगो लागेको छ । अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित छनोट प्रतियोगितामा शीर्ष चार स्थान हात पार्ने महिला खेलाडी सागका लागि छनोट भए ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको महिला राउन्ड रविन लिगमा इरा रावत पहिलो हुँदै छनोट भइन् । ८ खेलाडी सहभागी महिलाको स्पर्धामा इराले आफ्नो अन्तिम खेलमा प्रेरणा कोइरालालाई ६–१ र ६–० ले पराजित गर्दै शत प्रतिशत जित निकालिन् ।गंगा शर्मा, विभूति कार्की तथा विजिशा श्रेष्ठ क्रमशः दोश्रो, तेश्रो र चौथो हुँदै छानिए । गंगाले ६ मा जित र १ मा हार, विभूतिले ५ मा जित र २ मा हार तथा विजिशाले ४ मा जित र ३ मा हारको सामना गरेका थिए ।११ खेलाडी सहभागी पुरुषको राउन्ड रविन लिगमा संरक्षकभूषण वज्राचार्य र श्रीराम मगर अपराजित छन् । दुवैले समान ४ खेल जितेका छन् ।
त्यस्तै कमल भण्डारीले ४ मा जित र १ मा हार, अभिषेक बाँस्तोलाले ३ मा जित र १ मा हार, महेश श्रेष्ठले १ मा जित र ३ मा हार, आत्माराम कार्कीले २ मा जित र उत्तिनैमा हार, सक्षम कार्कीले २ मा जित र ३ मा हार, शक्ति शर्मा र दावा शेर्पाले समान १ मा जित र २ मा हार तथा श्रीयान्स कार्कीले १ मा जित र ४ मा हार व्यहोरेका छन् । प्रणव खनाल ४ खेलमा जितविहीन छन् ।सागमा नेपाली महिला खेलाडीले पहिलो पटक सहभागिता जनाउन लागेका हुन् । पुरुषमा दुई दशक पछि नेपालले भाग लिन लागेको हो । पुरुषको प्रतिस्पर्धा सोमबार सम्पन्न हुनेछ । पुरुषमा पनि शीर्ष ४ स्थानमा आउने खेलाडी छनोट हुने छन् ।

Comment