प्रवीणद्वारा अमृत पराजित

squash fridaye
प्रवीणवीरसिंह कंशाकारले अघिल्ला दुई संस्करणका च्याम्पियन अमृत थापा मगरलाई तेश्रो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको पुरुष सिंगल्समा शुक्रबार पराजित गरेका छन् । जितसंगै प्रवीण फाइनलमा पनि पुगे । अब फाइनलमा प्रवीणले अमृतका बुवा हीराबहादुर थापासंग शनिबार प्रतिस्पर्धा गर्ने छन् ।सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको प्रतिस्पर्धात्मक सेमिफाइनलमा प्रवीणले अमृतलाई १३–११, ११–८, ५–११, ४–११ र १२–१० ले पराजित गरे । हीराले अर्को सेमिफाइनलमा अरहन्तकेशर सिंहलाई ११–७, ११–५, ५–११ र ११–८ ले हराए ।
महिला सिंगल्समा हीराकी छोरी कृष्णा थापा र भावना सुनवार उपाधिका लागि भिड्ने भएका छन् । कृष्णाले विपना ब्लोनलाई ३–२ तथा भावनाले सपना ब्लोनलाई ३–० ले पाखा लगाउदै फाइनल भेट पक्का गरेका हुन् ।यु–१७ पुरुष सिंगल्समा अमिर ब्लोनले विजय मगरलाई ११–३, ११–२ र ११–५ तथा दीपक थापाले विक्रम मगरलाई ११–८, ११–२, ४–११ र ११–९ ले निराश पार्दै फाइनल यात्रा तय गरे ।
नेपाल स्क्वास ¥याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको मास्टर्स ५० वर्षमाथि किशोर महर्जन र लालबहादुर गुरुङ फाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा किशोरले डा. कुलेश थापालाई ११–३, ७–११, ११–४ र ११–६ तथा लालबहादुरले प्रेम सिंहलाई ११–१, ३–११, ११–४ र ११–९ को सेटमा पाखा लगाए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Comment