बुल्स रेसमा कुमार पहिलो

bull rce1अनलाइन सुक्युरिटिजका कुमार घिमिरे दोश्रो नेप्से कर्पोरेट बुल्स रेसमा शनिबार पहिलो भएका छन् । ५ किलोमिटर दूरी कुमारले १७ मिनेट ४० सेकेन्डमा पूरा गरे ।लिन्च स्टोक मार्केटका नवीन अधिकारी दोश्रो भए । उनले निर्धारित दूरी तय गर्न १८ मिनेट ४५ सेकेन्ड समय खर्चे । १८ मिनेट ४८ सेकेन्डमा रेस पूरा गरेका श्री हरि सेक्युरिटिजका इराजकुमार रावत तेश्रो बने ।
पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजार नगद पुरस्कार जिते । रेस भद्रकालीस्थित नेप्सेको हाताबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः नेप्सेमै आएर टुंगिएको थियो ।
रेसमा आयोजक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीका २ सय प्रतिस्पर्धीको सहभागिता रहेको नेप्सेका प्रवक्ता शम्भुप्रसाद पन्तले जनाएका छन् । खेलकुदको माध्यबाट स्टक मार्केत सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले गत वर्षदेखि रेसको सुरुआत गरिएको प्रवक्ता पन्तले बताए ।विजेतालाई पुस २९ गते नेप्सेको वार्षिकोत्सवका दिन पुरस्कृत गरिने आयोजकले जनाएको छ । रेसमा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहेको एथलेटिक्स संघका सचिव आर.के. विष्टले जनाएका छन् ।
रेसको धितो पत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र नेप्सेका अध्यक्ष रामजी रेग्मीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । विजेतालाई नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले बधाइ दिए ।

Comment