खो खो माघको टोली पहिलो साता भारत जाने

१२ औं दक्षिण एशियाली खेलकुदमा समावेश खो खो खेलको पुरुष तथा महिला खेलाडीहरुको बन्द प्रशिक्षण झापा भद्रपुरको रंगशालामा विगत १५ दिन देखि बन्द प्रशिक्षणमा ब्यस्त छन्। बिहिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट, परिषद् सदस्य द्वय वीरेन्द्र श्रेष्ठ र शान्ति सिंहले प्रशिक्षण स्थलमा स्थलगत निरक्षण गरे। प्रशिक्षक लक्ष्मीनारायण वैद्य र रामनारायण राय तथा सहायक प्रशिक्षक द्वय लोक बहादुर विष्ट र धीरेन्द्र यादवले प्रशिक्षण दिंदै आएका छन् । पुरुष १५ र महिला १५ खेलाडीहरु बन्द प्रशिक्षणमा सहभागी छन्। खो खो पुरुष तथा महिला दुवै टीमलाई थप प्रशिक्षणको लागि संघले भारतको सिलगुढीमा माघ ५ गते देखि भारतीय प्रशिक्षकबाट प्रशिक्षण हुने छ । करीव १५ दिन भारतमा प्रशिक्षण पश्चात खो खो टोली १२ औं दक्षिण एशियाली खेल स्थल गुहाटी प्रस्थान गर्नेछ ।

Comment