डेनेब र ओडिसी सेमिफाइनलमा

deneb basketballe
अयाोजक डेनेब एकेडेमी र डिफेन्डिङ च्याम्पियन ओडिसी इन्टरनेसनल स्कुल छैटौं डेनेब कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उक्त दुई टिमसंगै हर्टल्यान्ड र नेरिक एकेडेमी पनि सेमिफाइनलमा पुगे ।
डेनेबले ग्रिनफिल्डलाई २६–२ ले पराजित ग¥यो । विजेताका सुदर्शन कठायतले ९ अंकजोडे । विशाल राईको ८ अंक सहयोगमा ओडिसीले इनोभेटिभलाई २५–१३ ले हरायो । हर्टल्यान्डले टेरेसा एकेडेमीलाई १८–१४ ले पाखा लगायो । विजेताका सन्दिप तामाङले ६ अंक जोडे । नेरिकले स्टेनियरमाथि २१–३ को सहज जित दर्ता ग¥यो । नेरिकका अशिम भण्डारीले १३ स्कोर गरे । सेमिफाइनलमा डेनेबको भेट हर्टल्यान्डसंग हुने भने नेरिकले ओडिसी विरुद्ध खेल्ने छ ।
सिनियर ब्वाइजमा स्वप्नवाटिका, डिफेन्डिङ च्याम्पियन नेरिक, टेरेसा र डेनेबले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
स्वप्नवाटिकाले काठमाडौं जेभियरलाई ४२–३८ ले निराश पा¥यो । विजयी टिमका लागि राजन श्रेष्ठले १९ अंक योगदान गरे । नेरिकले न्युटनको यात्रा ५०–१० ले सहजै पूर्णविराम लगायो । नेरिकको जितमा मनोज खत्री एक्लैले २० अंक बटुले ।
युनिभर्सल विरुद्धको खेलमा टेरेसा ४३–३४ ले विजयी भयो । टेरेसाका दिनेश माझीले १४ अंक जोडे । डेनेबले ज्ञाननिकेतनलाई ५६–३९ ले पन्छायो । डेनेबका अनिल श्रेष्ठले १८ अंक जोडे । सेमिफाइनलमा स्वप्नवाटिकाले डेनबको सामना गर्नेछ भने नेरिकले टेरेसा विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
सिनियर गल्र्सको सेमिफाइनल डेनेब र रिलायन्स तथा स्वप्नवाटिका र डिफेन्डिङ च्याम्पियन न्यु भिजनबीच हुनेछ ।

Comment