मेलिनालाई ४ स्वर्ण

loyalitye
लोयल्टी एकेडेमीको खेलकुद सप्ताहमा मेलिना बरालले शुक्रबार ४ स्वर्ण जितेकीछन् । मेलिनाले लङजम्प, मेथमेटिकल्स रेस, १ सयमिटर दौड र २ सय मिटर दौडमा स्वर्ण जितिन् ।
खेलकुद सप्ताहको अन्तिम दिन छात्र फुटबलको उपाधि ग्रिन हाउसले जित्यो । ग्रिन हाउसले फाइनलमा ब्लु हाउसलाई ४–२ गोलले हरायो ।
५० मिटर दौडको जुनियर छात्रामा रेड हाउसकी रोसिना प्रसाईं तथा छात्रमा रेड हाउसका सचिन घिमिरेले स्वर्ण जिते । सिनियर ब्वाइजको १ सय मिटर दौडमा श्रजल लामा पहिलो बने ।
त्यस्तै अभिभावकको १ सय मिटर दौड, म्युजिकल चेयर, सार्प मेमोरी र टग अफ वार पनि भएको थियो ।
विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष थकिनकुमार गुरुङ, लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाङफेलगायतले पुरस्कृत गरे ।

Comment