सनिल र उर्मिलालाई बोल्डरिङ्ग उपाधी

boldaring1
चौथौ माउन्टेन स्पोर्टस् फेस्टिभल २०१६ अन्तरगत भएको अन्तर स्कुल बाउल्डरिङ्ग कम्पिटिसनको उपाधी छात्र तर्फ मंजरी सेकेन्डरी स्कुलका सनिल के.सी. र छात्रा तर्फ पद्यमकन्या स्कुलकी उर्मिला तामाङ्गले हात पार्न सफल भएका छन् । उनीहरुले नगद ३÷३ हजार, मेडल, प्रमाण पत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे । नेपाल क्लाईम्बिङ्ग स्पोर्ट संघद्वारा आयोजित प्रतियोगितामा दोश्रो र तेश्रो स्थानमा छात्र तर्फ आईडल ईङ्गलीस स्कुलका खुर्सिद अब्दुल्लाह र चारुमती ओपन स्काउटका अनुप अधिकारी रहे भने छात्रा तर्फ हिमालय बोर्डिङ्ग स्कुलकी युनिका दुलाल र पद्यमकन्या स्कुलकी स्वर्निका वलीले रहिन् । दोश्रो र तेश्रो हुनेले क्रमश २ हजार र १ हजार रुपैयाका साथै मेडल, प्रमाण पत्र र गिफ्ट ह्याम्पर हात पारे ।
चौथौ र पाँचौ स्थान छात्र तर्फ एप्सेडेल पब्लिक स्कुलका अरुन डङ्गोल र वेलकम टु माई यार्डका आशिष लिम्बु तथा छात्रा तर्फ हिमालयकी संगिता लामा र पद्यमकन्याकी संझना के.सी.ले हात पारे । उनीहरुले प्रमाण पत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे । बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदकी सदस्य यानकुमारी गुरुङ्ग अस्मिता, पर्वतिय खेलकुद महासंघका महासचिव गोविन्द भट्टराई, नेपाल ओलम्पिक कमिटिका सदस्य एवं ट्राईयाथलन संघका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
दुई दिने प्रतियोगितामा १० स्कुलका ११६ बिद्यार्थी खेलाडीहरुको सहभागित रहेको थियो । फाइनलमा १५ छात्रा र २० छात्रहरुले प्रतिस्पर्धा गरेको नेपाल क्लाईम्बिङ्ग स्पोर्टका महासचिव मेघराज पौडेलले जानकारी गराए ।

Comment