लामाको अध्यक्षतामा अखिल नेपाल खेलकुद महासंघ
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा अखिल नेपाल खेलकुद महासंघ गठन भएको छ । लामाले प्रेसित गरेको विज्ञप्ती अनुसार २३ फागुनमा एनेकपा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित राष्ट्रिय भेलाले अखिल नेपाल खेलकुद महासंघ गठन गरेको हो ।१ सय ५२ सदस्यीय महासंघको उपाध्यक्षमा अर्जुन केसी, पहलसिंह घर्ती, कुसुमकुमारी श्रेष्ठ, जनक बर्तौला, शर्केस घल्लान र हरि खड्का रहेका छन् । त्यसैगरी महासंघमा शिव कोइराला महासचिव र गजेन्द्र खपांगी (इश्वर) उपमहासचिव चयन भएका छन् । सचीवहरुमा किरण राई, किरण गिरी, दिवस खड्का, राजकुमार कार्की, संजीव पाण्डे, तिलक चौधरी, प्रकासलाल श्रेष्ठ, उत्तम गुरुङ, मञ्जु बम, सुरज डिसी, जीवन खाती, रेशम रसाइली, राजकुमार मण्डल र रवीन्द्र श्रेष्ठ रहेका छन् । त्यसैगरी, कोषाध्यक्षमा हरिशरण केसी चयन भएका छन् ।
महासंघ गठनकालागी ७५ जिल्ला र ७ प्रदेश तथा विभिन्न खेल संघका प्रतिनिधिहरुको उपस्थिति रहेको पनि विज्ञप्तीमा जनाइएको छ । प्रतिनिधिहरुलाई एनेकपा माओवादीका श्रद्धेय अध्यक्ष प्रचण्डले राजनीतिक प्रशिक्षण तथा निर्देशन प्रदान गरेका थिए । त्यसैगरी खेलकुद संयोजक कमला रोकाले भेलामा खेलकुदको प्रतिवेदन र महासंघको विधान प्रस्तुत गरेकी थिइन् । त्यसअघि भेलामा एनेकपा माओवादीको युवा तथा खेलकुद फ्याक्सन इन्चार्ज बलदेव र वाइसिएल अध्यक्ष विज्ञानले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।