बिजेश्वरीलाई टिम च्याम्पियन उपाधी
विजेश्वरी ज्ञानमन्दिर शैनिक महाबिद्यालय आठौं राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा टिम च्याम्पियन भएको छ । विजेश्वरीले कुल १३६ अंक हात पार्दै उपाधी उचालेको हो । उसले रनिङ्ग शिल्डका साथै नगद १५ हजार समेत प्राप्त ग¥यो । काठमाण्डौ जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा दोश्रो स्थान बुढानिलकन्ठ स्कुलले हात पा¥यो । उसले १२३ अंक हासिल ग¥यो । त्यस्तै तेश्रो स्थानमा रहेको सेक्रेट हार्ट स्कुलले ८४ अंक हासिल ग¥यो । दोश्रो र तेश्रोले शिल्डका साथै नगद १२ र ९ हजार प्राप्त गरे ।
प्रतियोगितामा एथलेटिक्स तर्फ १२६ अंकका साथ विजेश्वरी उत्कृष्ट टिम भयो । दोश्रो स्थानमा १०९ अंकका साथ बुढानिलकन्ठ र तेश्रो स्थानमा ७० अंकका साथ नेपाल एपिएफ रह्यो ।
भलिबलमा छात्र तर्फ सेक्रेट हार्ट र छात्रा तर्फ न्यू डायमन्डले प्रथम स्थान हात पारेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लिलाराम बस्नेतले जानकारी गराए । यस्तै कराते तर्फ कुमारी बोर्डिङ्ग हाईस्कुल टिम च्याम्पियन भयो । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेन्डी शेर्पा लगायतले पुरस्कार वितरण गरेका थिए ।