जिक्सको खेल गतिविधि

tendi jacke
जापान सरकारको जापान इन्टरनेसनल कोओपरेसन सिस्टम(जिक्स)नामक संस्थाले गत बैशाखाको विनाशकारी भूकम्पबाट प्रभावित विभिन्न विद्यालयका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम आयोजना गरेको थियो ।भूकम्पबाट प्रभावित बालवालिकालाई खेलकुदको माध्यबाट थारै भएपनि प्रभावलाई न्युनिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जिक्सका निर्देशक टोमोहिरो इसिमोरीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।कार्यक्रममा फुटबल, भलिबल र बेसबल खेल समावेश गरिएको थियो । गत फेब्रुअरी १ देखि सञ्चालन भएको साताव्यापी कार्यक्रममा विभिन्न १७ विद्यालयका विद्यार्थी र शिक्षक गरी करिब ५ हजार २ सयले सहभागिता जनाएको इसिमोरीले जानकारी गराए ।
सो अवसरमा इसिमोरीले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटकिा महासचिव लामा टेन्डी शेर्पालाई साताव्यापी कार्यक्रम सम्बन्धी जानकारी हस्तान्तरण गरेका थिए । उपाध्यक्ष शेर्पाले भूकुम्प पीडितलाई खेलकुदको माध्यबाट कसरी राहत पु¥याउन सकिन्छ भन्ने विषयमा कार्यक्रम सम्बन्धी जानकारीले मार्गदर्शन गर्ने बताए ।

Comment