पेम्बा र पञ्चमाया पहिलो

sports climbinge
चौथो पर्वतीय खेलकुद महोत्सव अन्तर्गत दोश्रो दोर्जे खत्री स्मृति स्पोर्ट क्लाइम्बिङ प्रतियोगितामा पेम्बासुन्दर शेर्पा र महिला पञ्चमाया लामा शनिबार पहिलो भएका छन् । पुरुषमा पेम्बा र महिलामा पञ्चमाया पहिलो भएका हुन् । पञ्चमाया गत संस्करणको पनि विजेता हुन् । आयोजक नेपाल क्लाइम्बिङ स्पोर्ट संघका सदस्य एवं १२ औं सागकी स्वर्णधारी जुडो खेलाडी फुपुल्हामु खत्रीका बुवा दोर्जेको स्मृतिमा आयोजित प्रतियोगिताको पुरुषमा अनुप गुरुङ दोश्रो र संगम केसी तेश्रो भए ।महिलामा रुसा प्रधान दोश्रो र फुन्जो लामा तेश्रो स्थानमा रहे । महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाए ।
विजेतालाई नेकपा एमाले सचिव योगेश भट्टराईले एक कार्यक्रमबीच पुरस्कृत गरे । यसअघि प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।बालाजु औधोगिक क्षेत्रमा भएको एकदिने प्रतियोगितामा ४५ पुरुष र ११ महिला गरी ५६ प्रतिस्पर्धी सहभागी थिए । खत्रीको २०१४ को अप्रिल १८ तारिखमा सगरमाथामा गएको हिमपहिरोमा परी निधन भएको थियो ।

Comment