कमल र राधिका पहिलो

भगवती युवा क्लब, जोरपाटीको दसौं वार्षिकोत्सवका अवसरमा आयोजित विविध खेलकुद प्रतियोगिताअन्तर्गत व्ह्ीलचेयर १ किलोमिटर स्पर्धामा कमल क्षेत्री पुरुष र राधिका धिताल महिलामा शनिबार पहिलो भएका छन् ।
पुरुषमा सोम राई दोश्रो र धनबहादुर भुजेल तेश्रो भए । महिलामा नन्दा सुनवार दोश्रो र धनमाया बुढा मगर तेश्रो भए । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार जिते ।
विविध खेलकुदको भुवनेश्वर नगरपालिकाकी कार्यकारी अधिकृत इन्दिराकुमारी थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरिन् ।
चैत २७ गतेसम्म चल्ने विविध खेलकुदमा कराते, ब्याडमिन्टन, म्याराथन, फुटबल र टग अफ वार समावेश रहेको आयोजक भगवती युवा क्लबले जनाएको छ ।

Comment