संरक्षक र प्रनवको विजयी सुरुवात
आठौ सहबीर स्मृती खुला लन टेनिस प्रतियोगिता आइतबार सुरु भयो । एपीएफको लनटेनिस कोर्टमा आज सम्पन्न महिला एकलतर्फको इभेन्ट्समा एनि माथेमाले खुशी पाण्डेलाई ६–१ र ६–० ले, भगवती वि.क.ले सलनी तामाङलाई ६–३, ४–६ र ७–५ ले पराजित गरेको छ भने गंगा शर्माले अनुशका मल्ललाई ६–० र ६–१ ले, महिका राणाले रायना शाहलाई ६–० र ६–० ले पराजित गरेका छन् ।
यसैगरी इन्टर गभर्मेन्टल सर्भिस इभेन्टको एकलतर्फको खेलमा जितेन्द्र खड्काले डा. ईश्वर लोहनीलाई ६–२ र ६–१ ले, निरन्जन श्रेष्ठले सगुन राणालाई ६–१ र ६–३ ले, उत्तम बोगटीले डा. अशोक बज्राचार्यलाई ६–० र ६–१ ले पराजित गरेका छन् भने सिजर गुरुङले वाक ओभर पाएका छन् ।
पुरुष एकतर्फको इभेन्ट्समा अनिल क्षेत्रीले विवेक श्रेष्ठलाई ६–१ र ६–३ ले, राजकुमार लामाले ऋषिराम सिग्देललाई ६–४ र ६–१ ले, प्रनव खनालले अभिनव आचार्यलाई ६–१ र ६–३ ले, समरक्षक भुषण बज्राचार्यले रञ्जन श्रेष्ठलाई ६–० र ६–४ ले, विकास खड्काले ब्रम उमेनिनलाई ६–० र ६–० ले, आवेशबहादुर मल्लले नरेन्स मल्ललाई ६–० र ६–० ले, समयकभूषण बज्राचार्यले नविन श्रेष्ठलाई ३–६, ६–२ र ६–० ले पराजित गरेका छन् भने सक्षम कार्की र कृष्ण मगरले वाक ओभर पाएका छन् । यसैगरी ३५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा अनुज अरोराले मुक्तिशनि गुरुङलाई ६–१ र ६–२ ले, राज श्रेष्ठले माधव थापालाई ६–२ र ६–० ले, आशिष मगरले कृष्ण मगरलाई ६–१ र ६–४ ले, सुमन खत्रीले उपेन्द्र प्रधानलाई ७–५ र ६–१ ले, रञ्जन श्रेष्ठले विजय महर्जनलाई ६–० र ६–० ले, प्रताफ मोक्तानले सुशिल मानन्धरलाई ६–३ र ६–० ले शिवराम मगरले बुद्धिप्रकाश चौधरीलाई ७–६ र ७–५ ले, सुकमान तामाङले चुडाराज नेपाललाई ६–२ र ६–१ ले पराजित गरेका छन् भने कुलबहादुर राई, एमपी गिरी र नविन श्रेष्ठले वाक ओभर पाएका छन् ।
यसैगरी ३५ वर्षमाथि भेट्रान्स युगलतर्फको खेलमा चन्द्र शाही र सोभियतमान श्रेष्ठको जोडीले शिवराम रानामगर र मुक्तिसेन गुरुङको जोडीलाई ६–० र ६–० ले, निरेश श्रेष्ठ र सुकमान तामाङको जोडीले राजेश क्षेत्री र श्याम जिसीको जोडीलाई ६–२, ५–७ र १०–८ ले, कुलबहादुर राई र बुद्धि चौधरीको जोडीले श्रीराम मगर र महेश श्रेष्ठको जोडीलाई ६–३ र १०–८ ले पराजित गरेको छ । प्रतियोगिताको कूल पुरस्कार राशी ६ लाख ७८ हजार रुपैयाँ रहेको छ ।