नेटबलको पाँच दिने वर्कसप सुरु

netballe
नेपाल नेटबल संघको आयोजनामा प्रथम राष्ट्रिय नेटबल प्रशिक्षक तथा निर्णायक वर्कसप आईतबारदेखि राजधानीमा सुरु भएको छ । बशुन्धारास्थित साउथवेस्र्टन कलेजमा पाँच दिन सम्म संचालन हुने कार्यक्रममा स्कुल, कलेजका प्रशिक्षक तथा विश्वविद्यालयका फिजिकल शिक्षा तर्फका मास्टर्स तहमा अध्ययनरत विद्यार्थीहरु सहित ५० जनाको सहभागिता रहेको छ । वर्कसपमा अन्तराष्ट्रि प्रशिक्षण प्राप्त तथा विश्व फिजिकल एडुकेशनका प्राध्यापन गराईरहेका खेलकुद विज्ञहरु दीपक लामा, शैलेन्द्र चिलवाल, सुदर्शन जमरकट्टेल र प्रख्याल दोङ्गले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण प्रदान गर्नेछन् । त्रिभुवन विश्वविद्यालय, फिजिकल साईन्स अन्तरगत मास्टर्स तहको पाठ्यक्रममा नेटबलको कोर्षलाई समावेश गरि २०७० साल देखि पठन पाठन गर्दै आईरहेको प्रोफेसर डा. रामकृष्ण महर्जनले कार्यक्रममा जानकारी गराए ।
कार्यक्रमको सांसद जगदिश नर्सिङ्ग के.सी.ले उद्घाटन गरेका थिए । नेपाल नेटबल संघका उपाध्यक्ष बशन्त नकर्मीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा महासचिव तथा प्रशिक्षक दीपक लामाले कार्यक्रमको बारेमा सहभागीहरुलाई प्रकाश पारेका थिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. राम कृष्ण महर्जन, प्रोफेसर डा. होम बहादुर बरुवाल, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य मानबहादुर न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

Comment