रन्जन र मनिस बिजयी
रन्जन खड्का र मनिस पराजुलीले माउण्ट भ्यु खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ सोमवार सफलता हात पारेका छन् । शेरवहादुर खड्का स्मृति प्रतिस्ठानका अध्यक्ष खड्काले भगत रानाभाटलाई २–० को सोझो सेटमा हराएका थिए । पहिलो सेटमा १७–२० ले पछि परेको अवस्थालाई सुधार गदै खड्काले नतिजा २३–२१ ले आफ्नो पक्षमा पार्न सफल भएका थिए । दोश्रो सेटमा पनि खड्काले रानाभाटको सुरुवाती अग्रतालाई रोक्दै २१–१७ ले खेल आफ्नो पक्षमा पारेका थिए । त्यस्तै मनिस पराजुलीले शुशिल तुच्छमाथी २३–२१ र २१–१९को रोमाञ्चक जित निकालेका थिए । बालकोट ब्याडमिन्टन क्लबको आयोजनामा संचालन भएको प्रतियोगिताको पुरुष एकलको अन्य खेलमा हरि खड्का,दिपक खत्री र पुर्ण हरि होनाले पनि आफ्नो खेल जितेका छन् । खड्काले सुनिलकुमार या श्रेष्ठलाई २१–७ र २१–१७ को सोझो सेटमा हराउदा खत्रीले राजेश खयातुमाथी २१–१९,१३–२१ र २२–२० को रोमाञ्चक जित निकाले । त्यस्तै होनाले लक्ष्मी नारायण सुवाललाई २१–१० र २१–१९ को सोझो सेटमा हराए ।
बालकोट स्थित माउण्ड भ्यु स्कुलको कोर्टमा संचालन भएको पुरुष भेट्रानतर्फ आयोजकका शुशिल पौडेल र राजु केसीको जोडिले रुद्र न्यौपाने र मनिन्द्र थापाको जोडिलाई २१–१३ र २१–११ को सोझो सेटमा हराए । त्यस्तै श्रीभक्त कासीथावा र गुन्य थापाको जोडिले गोपीचन्द्र उप्रती र सरणकुमार मोक्तानको जोडिलाई २१–१९,६–२१ र २१–१८ ले हरायो । भेट्रन डबलमै दत्तात्रोय दाहाल र जितन्द्र श्रेष्ठको जोडिले गणेश सिलवाल र मोती पाठकको जोडिलाई २१–१५ र २१–१७ ले हराए ।