कृष्णमोहन स्मृती ब्याडमिन्टन जारी

apf badminton4e
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा जारी ‘बाह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७२’ अन्तरगत सोमबार सम्पन्न पुरुष एकलतर्फ छनोट चरणको खेलमा नेपाल एपीएफ क्लवका इन्द्र महताले सोही क्लवका रुपक थिङ्गलाई २१–०६ र २१–१२ ले तथा नेपाल पुलिस क्लवका बिष्णु कटुवालले नेपाल एपीएफ क्लवका ज्योतिप्रकाश सुनारलाई २१–११ र २१–११ ले र नेपाल एपीएफ क्लवका पंकज चन्दले सप्तरीका सुनिल परियारलाई २१–०५ र २१–१० ले पराजित गरेका छन् ।
यसैगरी नेपाल पुलिस क्लवका दिपक बोहराले रामेछापका साजन श्रेष्ठलाई २१–०५, २१–०६ ले तथा त्रिभुवन आर्मी क्लवका रत्नजित तामाङ्गले सुनसरीका बिशाल खड्कालाई २१–०५, २१–०९ ले र सुनसरीका सुजन श्रेष्ठले नेपाल एपीएफ क्लवका मानबहादुर बुढाथोकीलाई १७–२१, २१–१५ र २१–१८ ले पराजित गरेका छन् ।
त्रिभुवन आर्मी क्लवका नविन श्रेष्ठले नवलपरासीका केवल श्रेष्ठलाई २१–०९, २१–०६ ले, नेपाल एपीएफ क्लवका सुदिप सेढाईले धनुषाका कमल श्रेष्ठलाई २१–०४, २१–०७ ले, बाँकेका इरफन अन्सारीले खोटाङ्गका जीवन आचार्यलाई २१–१२, २१–१७ ले, त्रिभुवन आर्मी क्वलका दिपेश धामीले खोटाङ्गका सुजन आचार्यलाई २१–०८, २१–०६ ले र नेपाल एपीएफ क्लवका बिकाश श्रेष्ठले रामेछापका नारायणदास श्रेष्ठलाई २१–०३ र २१–०२ ले पराजित गरेका छन् ।
यसैगरी कैलालीका संजिव सिंह खड्काले नेपाल एपीएफ क्लवका सुशिल कुमार मिश्रलाई २१–०९, २१–०८ ले, बाराका आर के श्रेष्ठले नेपाल एपीएफ क्लवका सुरेन्द्र बुढाथोकीलाई २०–२२, २१–११ र २१–१० ले र नेपाल एपीएफ क्लवका जोसेफ अधिकारीले सोही क्लवका तिर्थ मल्ललाई २१–१४, २१–११ ले पराजित गरे । ताप्लेजुङ्गका मनकुमार लिम्बुले सुनसरीका अजय श्रेष्ठलाई २१–०९, २१–०८ ले र नेपाल एपीएफ क्लवका सुमन लिम्बुले ताप्लेजुङ्गका मिनेस गुरुङ्गलाई २१–१, २१–१४ ले पराजित गरी छनौट भएका छन् ।
१७ वर्षमूनिको पुरुष एकलतर्फको खेलमा सुनसरीका अजय श्रेष्ठले बाँकेका सफल थापालाई २१–१४, २१–१४ ले, खोटाङ्गका जीवन आचार्यले ताप्लेजुङ्गका मिनेस गुरुङ्गलाई २१–११, २१–१३ ले पराजीत गरेका छन् भने नेपाल पुलिस क्लवका मनिस थापाले वाक ओभर पाई छनौट भएका छन् । पुरुष युगलतर्फको खेलमा त्रिभुवन आर्मी क्लवका दिपेश धामी र सुरोज महर्जनको जाडिले काठमाडौका चोसाङ्ग शेर्पा र बिजय लामाको जोडिलाई २१–०८, २१–११ ले, हेटौडाका अभिषेक बोस र सुनिल श्रेष्ठको जोडिले नेपाल पुलिस क्लवका मकर बिष्ट र बलबहादुर तामाङ्गको जोडिलाई २१–११, २१–१५ ले हराए । नेपाल एपीफ क्लवका बिजित थापामगर र बिकास श्रेष्ठको जोडिले सोही क्लवका सुवास धामी र थीरबहादुर कार्कीको जोडिलाई २१–१४, २१–२० ले तथा नेपाल एपीएफ क्लवका पंकज चन्द र इन्द्र महताको जोडिले सप्तरीका सन्तोस कटुवाल र सुनिल परियारको जोडिलाई २१–१२, २१–१५ ले पराजित गरे । नेपाल एपीएफ क्लवका राम लामा र सुदिप सेढाईको जोडिले सोलुखुम्बुका दिपचन राई र अर्जुन राईको जोडिलाई २१–१६, २१–१६ ले तथा खोटाङ्गका विशालकुमार राई र हेमराज राईको जोडिले रामेछापका नारायणदास श्रेष्ठ र भुवन श्रेष्डको जोडिलाई १४–२१, २१–१८ र २१–१३ ले हराए । नेपाल एपीएफ क्लवका रमेश शेर्पा र तिर्थ मल्लको जोडिले सुनसरीका विशाल तामाङ्ग र सुजन श्रेष्ठको जोडिलाई २१–१७, १३–२१ र २१–१७ ले, नेपाल एपीएफ क्लवका जोसेफ अधिकारी र सुमन लिम्बुको जोडिले सोही क्लवका धर्मराज गुरुङ्ग र कुमार गुरुङ्गको जोडिलाई २१–०४, २१–११ ले पराजित गरेका छन् ।
सुनसरीका अजय श्रेष्ठ र विशाल खड्काको जोडिले रामेछापका भिमसेन लामा र सुजन श्रेष्ठको जोडिलाई २१–१५, २१–१८ ले, नेपाल एपीएफ क्लवका विमल श्रेष्ठ र विशाल प्रधानको जोडिले नेपाल पुलिस क्लवका आशिष थपलिया र पुर्णबहादुर थापाको जोडिलाई २१–०७, २१–०९ ले र नेपाल पुलिस क्लवका दिपक बोहरा र विष्णु कटुवालको जोडिले नेपाल एपीएफ क्लवका राजु लामा र मानबहादुर बुढाथोकीको जोडिलाई २१–११, २१–१३ ले पराजित गरेका छन् । त्रिभुवन आर्मी क्लवका नविन श्रेष्ठ र रत्नजित तामाङ्गको जोडिले वाक ओभर पाई छनौट भएका छन् ।

Comment