महेश र जयरामको जोडी सेमिफाइनलमा
विविध खेलकुद प्रतियोगिताअनतर्गत ब्याडमिन्टनको पुरुष डबल्समा कोटेश्वर ब्याडमिन्टन क्लबका महेश भट्टराई र जयराम कार्कीको जोडी मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । आयोजक भगवती युवा क्लबको दसौं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा उक्त जोडीले पेप्सीकोला फिट्नेस सेन्टरका सञ्जय कपाली र जीवन आचार्यको जोडीलाई २१–१६ र २१–१९ को सोझो सेटमा पराजित गरे ।
त्यस्तै तीनकुनेका अभिषेक गुरुङ र नीरविक्रम देवकोटाको जोडी पनि प्रतिद्वन्द्वी देउराली ब्याडमिन्टन क्लबका धनेन्द्र लिम्बू र थम रानाको जोडीबाट वाकओभर पाउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
विजेताले २५ हजार, उपविजेताले १५ हजार तथा तेश्रो हुने दुई जोडीले समान ४÷४ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिताअन्तर्गत बुधबार पुरुष÷महिलाको म्याराथन हुने आयोजकका शिव कारन्जितले जनाएका छन् । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ३ हजार र २ हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । यसअघि पुरुष÷महिलाको १ किलोमिटर व्ह्ीलचेयर स्पर्धा सम्पन्न भइसकेको छ ।