पूर्ण दोहोरो उपाधि नजिक
पूर्णवहादुर थापा माउण्ट भ्यु खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र डबल दुवै स्पर्धामा बुधवार उपाधि नजिक पुगेका छन् । श्रीभक्त ब्याडमिन्टन क्लबका पूर्णले पुरुष एकलको सेमिफाईनलमा युवा उत्थान बोर्डेका प्रेमभक्त जयनामाथी २१–५ र २१–११ को सहज जित निकाले । पुरुष डबलको सेमिफाईनलमा पनि पूर्णले साथी राजेश खैतुसग मिलेर युवा उत्थानकै प्रेमभक्त र शुशिल तुच्छेको जोडिलाई २१–१८ र २१–१५ ले हराए । बालकोट ब्याडमिन्टन क्लबको आयोजनामा बालकोट स्थित माउण्ड भ्यु स्कुलको कोर्टमा संचालन भएको प्रतियोगिताको पुरुष एकलको दोश्रो सेमिफाईनलमा बालकोट ब्याडमिन्टन क्लबका दिपक खत्रीले भध्यपुर ब्याडमिन्टन क्लबका रविन घेमसुलाई २१–१४ र २१–१५ ले हराए । पुरुष डबलको दोश्रो सेमिफाईनलमा युवा उत्थानका पुर्णहरि होना र शुसिल होनाको जोडिले भध्यपुर ब्याडमिन्टन क्लबका रविन घेमसु र सालिक गौतमको जोडिलाई ११–२१,२१–११ र २१–१२ ले हराए । फाईनल खेल बिहिवार हुनेछ ।
त्यस्तै भेटा«न डबलमा आयोजकका शुशिल पौडेल र राजु केसीको जोडिले गुन्ज थापा र श्रीभक्त कोसे थावालाई २१–१० र २१–१२ ले हराउदै उपाधि नजिक पुगेका छन् । भेट्रान डबलमै सुमन खड्का र मोहन कवेको जोडिले जितेन्द्र श्रेष्ठ र दत्तात्रय दाहालको जोडिलाई २१–१५ र २१–१६ ले हराउदै फाईनल पुगे ।