दिपेश र रत्न उपाधिका लागि खेल्ने
बाह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लवका दिपेश धामी र सोही क्लवका रत्नजीत तामाङ्ग फाइनलमा प्रवेश गरेका छन् । नेपाल एपीएफ क्लवमा बुधबार भएको खेलमा धामीले सोही क्लवका बिकाश श्रेष्ठलाई २१–१८, १४–२१ र २१–१३ ले तथा तामाङ्गले नेपाल पुलिस क्लवका विष्णु कटुवाललाई २१–१४ र २१–०९ ले पराजित गरी फाइनलमा प्रवेश गरेका हुन् ।
महिला एकल तर्फको खेलमा त्रिभुवन आर्मी क्लवकी नङ्गशल तामाङ्ग र सोही क्लवकी अमीता गिरी फाइनलमा प्रवेश गरेका छन् । तामाङ्गले नेपाल एपीएफ क्लवकी शोभा गौचनलाई २१–१७, २१–१० ले तथा गिरीले नेपाल एपीएफ क्लवकी शिक्षा श्रेष्ठलाई २१–११, २४–२२ ले पराजित गरिन् ।
१७ वर्षमुनि पुरुष एकलतर्फको खेलमा कञ्चनपुरका सुनिल जोशीले कञ्चनपुरकै चिरण विष्टलाई २१–१४, २२–२० ले र त्रिभुवन आर्मी क्लवका रुकेश महर्जनले नेपाल पुलिस क्लवका प्रिन्स दाहाललाई २१–१४, २६–२४ ले पराजित गरी फाइनल प्रवेश गरेका छन् । १७ वर्षमुनि महिला एकल तर्फको खेलमा त्रिभुवन आर्मी क्लवकी मेघा चन्दले नेपाल एपीएफ क्लवकी रञ्जना भट्टलाई २१–१८, २१–१६ ले तथा मोरङ्गकी सिमा राजवंशीले त्रिभुवन आर्मी क्लवकी सुनैना मुखियालाई २१–१३, २१–१८ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
४५ वर्षमाथिको भेट्रान्स युगलतर्फको खेलमा नेपाल एपीएफ क्लवका बल्लभ महर्जन र पदमबहादुर मगरको जोडीले ललितपुरका कमल शाक्य र सानुबाबु महर्जनको जोडीलाई २२–२०, २४–२२ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लवका सुवास श्रेष्ठ र भुमिबहादुर गुरुङ्गको जोडीले धादिङ्गका रोमा खड्का राना मगर र डोरनाथ सेढाईको जोडीलाई २१–१०, २१–१५ ले, अन्नपुर्ण ब्याडमिन्टन एकेडेमीका नविनबाबु श्रेष्ठ र श्यामबहादुर पराजुलीको जोडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तिर्थ निरौला र मोरङ्ग जिल्ला अदालतका नवराज दुलाललाई २१–१३, २१–१३ ले, नेपाल एपीएफ क्लवका नारायणमान शाक्य र हरिप्रसाद श्रेष्ठको जोडीले धादिङ्गका राजेन्द्र अधिकारी र राजकुमार श्रेष्ठको जोडीलाई २१–१४, २१–१४ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पुरुष युगलतर्फको खेलमा त्रिभुवन आर्मी क्लवका सुरोज महर्जन र दिपेश धामीको जोडीले बाँकेका इरफान अन्सारी र काठमाडौका राम बानियाँको जोडीलाई २१–१०, २१–१६ ले तथा नेपाल पुलिस क्लवका दिपक बोहरा र विष्णु कटुवालको जोडीले नेपाल एपीएफ क्लवका विमल श्रेष्ठ र विशाल प्रधानको जोडीलाई २१–०९, २१–१५ ले हराउदै सेमिफाइनल यात्रा तय गरे । नेपाल एपीएफ क्लवका विजित थापामगर र विकाश श्रेष्ठको जोडीले सोही क्लवका पंकज चन्द र इन्द्र महताको जोडीलाई २१–१८, १५–२१ र २१–१२ ले, त्रिभुवन आर्मी क्लवका नविन श्रेष्ठ र रत्नजीत तामाङ्गको जोडीले नेपाल एपीएफ क्लवका जोशेफ अधिकारी र सुमन लिम्बुको जोडीलाई १९–२१, २१–१० र २३–२१ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगितको १७ वर्षमुनि महिला एकलतर्फको खेलमा मोरङ्गकी सिमा राजवंशीले त्रिभुवन आर्मी क्लवकी रसीला महर्जनलाई २१–०७, २१–१८ ले तथा त्रिभुवन आर्मी क्लवकी मेघा चन्दले मोरङ्गकी निता लम्साललाई २१–०६, २१–०६ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल एपीएफ क्लवकी रञ्जना भट्ट र त्रिभुवन आर्मी क्लवकी सुनैना मुखियाले वाक ओभर पाई सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी १७ वर्षमुनि पुरुष एकलतर्फको खेलमा कञ्चनपुरका सुनिल जोशीले त्रिभुवन आर्मी क्लवका प्रफुल महर्जनलाई २१–१६, २१–१४ ले, कञ्चनपुरका चिरण विष्टले सुनसरीका विशाल खड्कालाई २१–०८, १९–२१ र २१–१७ ले, त्रिभुवन आर्मी क्लवका रुकेश महर्जनले खोटाङ्ग जिल्ला खेलकुद विकास समितिका जीवन आचार्यलाई २१–१३, २१–१४ ले, नेपाल पुलिस क्लवका प्रिन्स दाहालले झापाका प्रनिस सिंह ठकुरीलाई १९–२१, २१–१७ र २१–१६ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
३५ वर्षमाथि मास्टर युगलतर्फको खेलमा नेपाल एपीएफ क्लवका गणेश ठाडा र सन्तोष सिंहको जोडीले सोही क्लवका हस्त गुरुङ्ग र सुधिर सुवेदिको जोडीलाई २१–१०, २१–१० ले तथा नेपाल एपीएफ क्लवका अशोककुमार शाक्य र लोकबहादुर थापाको जोडीले सोही क्लवका हरिबहादुर जी.सी. र कुश बुढाथोकीको जोडीलाई २१–०८, २१–०७ ले, हराए । मोरङ्ग जिल्ला अदालतका नवराज दुलाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तिर्थ निरौलाको जोडीले नेपाल पुलिस क्लवका नरेन्द्र कार्की र भरतबहादुर शाहको जोडीलाई २१–१५, २१–१६ ले, नेपाल एपीएफ क्लवका नारायणदत्त पौडेल र जीवेशकुमार पाण्डेको जोडीले सोही क्लवका चिरञ्जीवी कुँवर र दिपक थापाको जोडीलाई २१–०७, २१–१७ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
महिला युगलतर्फको खेलमा नेपाल एपीएफ क्लवकी पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले सोही क्लवकी सिता राई र शोभा गौचनको जोडीलाई २१–०२, २१–१६ ले, त्रिभुवन आर्मी क्लवकी अमिता गिरी र नङ्गशल तामाङ्गको जोडीले नेपाल एपीएफ क्लवकी सुजा राई र ज्ञानु लिम्बुको जोडीलाई २१–०७, २१–१२ ले पराजित गरी सेमिफाइनमा प्रवेश गरेका छन् ।
मिश्रित युगलतर्फको खेलमा त्रिभुवन आर्मी क्लवका नङ्गशल तामाङ्ग र रत्नजीत तामाङ्गको जोडीले एपीएफ क्लवका कविता कार्की र विमल श्रेष्ठको जोडीलाई २१–१६, २१–१७ ले, नेपाल एपीएफ क्लवका विना तुलाचन र विशाल प्रधानको जोडीले त्रिभुवन आर्मी क्लवका अनुमाया राई र नविन श्रेष्ठलाई २१–१४, ११–२१ र २२–२० ले, त्रिभुवन आर्मी क्लवका अमित गिरी र सरोज महर्जनले नेपाल पुलिस क्लवका सुजाता राई र विष्णु कटुवाललाई २१–१६, १८–२१ र २१–१४ ले पराजित गरी सेमिफाइनमा प्रवेश गरेका छन् ।
४५ वर्षमाथि मास्टर युगलतर्फको खेलमा नेपाल एपीएफ क्लवका हस्त गुरुङ्ग र मोहनकुमार गुरुङ्गको जोडीले सोही क्लवका भुवनेश्वर प्रसाद र बहादुरसिंह थापाको जोडीलाई २१–१४, २१–१८ ले, नेपाल पुलिस क्लवका नरेन्द्र कार्की र भरतबहादुर शाहको जोडीले धादिङ्गका राममणी मिश्र र सुर्यसिंह गुरुङ्गको जोडीलाई २१–१६, २१–१२ ले, नेपाल एपीएफ क्लवका चिरञ्जीवी कुँवर र दिपक थापाको जोडीले सोही क्लवका दुर्गाप्रसाद भट्टराई र अशोककुमार शाक्यको जोडीलाई २१–११, २१–१९ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
२१ चैतबाट सुरु भएको उक्त प्रतियोगिताको कूल पुरस्कार राशी यस प्रतियोगिताको कूल पुरस्कार राशी ७ लाख ४० हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा कूल ११ इभेन्ट्समा पुरुष ३ सय १२ र महिला ४५ जना गरी कुल ३ सय ५७ जना खेलाडीहरुको सहभागिता रहेको छ ।