रत्नजित र नङ्गशललाई उपाधि

nagsale
त्रिभुवन आर्मी क्लवकी मेघा चन्द बाह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको १७ वर्षमुनि महिला एकलतर्फको खेलमा विजयी भएकी छिन् । उनले प्रतियोगिताको बिहिबार भएको फाइनल खेलमा मोरङ्गकी सिमा राजवंशीलाई २१–१३, २१–१८ ले पराजित गरेकी थिइन् । प्रतियोगिताको मिश्रित युगलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लवका रत्नजीत तामाङ्ग र नङ्गशल तामाङ्गको जोडीले नेपाल एपीएफ क्लवका पुजा श्रेष्ठ र विकास श्रेष्ठको जोडीलाई २१–१८, २१–१६ ले पराजित गरी विजयी भएको छ ।
३५ वर्षमाथि मास्टर युगलतर्फको फाइनल खेलमा नेपाल एपीएफ क्लवका अशोक कुमार शाक्य र लोकबहादुर थापाको जोडीले सोही क्लवका गणेश थापामगर र सन्तोस सिंहको जोडीलाई २१–१८, २२–२० ले पराजित गरी विजयी भएका छन् ।
यसैगरी ५५ वर्षमाथि भेट्रान्स युगलतर्फको फाइनल खेलमा नेपाल एपीएफ क्लवका पुष्पा ताम्राकार र महेश श्रेष्ठको जोडीले कास्कीका सुवास राई र रेशम भट्टचनको जोडीलाई २०–२२, २१–१५ र २१–०८ ले पराजित गरी विजयी भएका छन् । यसैगरी ४५ वर्षमाथि मास्टर युगलतर्फको फाइनल खेलमा नेपाल पुलिस क्लवका नरेन्द्र कार्की र भरतबहादुर शाहको जोडी विजयी भएको छ । सो जोडीले नेपाल एपीएफ क्लवका हस्तबहादुर गुरुङ्ग र मोहनकुमार गुरुङ्गको जोडीलाई २१–१०, २१–१२ ले पराजित गरेको थियो । यसैगरी ४५ वर्षमाथिको भेट्रान्स युगलतर्फ अन्नपुर्ण ब्याडमिन्टन एकेडेमीका नविनबाबु श्रेष्ठ र श्यामबहादुर पराजुलीको जोडीले नेपाल एपीएफ क्लवका बल्लव महर्जन र पदमबहादुर मगरको जोडीलाई फाइनल खेलमा २१–१७, २१–१९ ले पराजित गरेको छ ।
१७ वर्षमुनि पुरुष एकलतर्फको फाइनल खेलमा कञ्चनपुरका सुनिल जोशीले त्रिभुवन आर्मी क्लवका रुकेश महर्जनलाई ८–२१, २१–१७ र २१–१९ ले तथा महिला युगलतर्फ फाइनल खेलमा नेपाल एपीएफ क्लवका पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले त्रिभुवन आर्मी क्लवका अमिता गिरी र नङ्गशल तामाङ्गको जोडीलाई २१–१३, २१–१९ ले पराजित गरी विजयी भएका छन् ।

Comment