पूर्णलाई दोहोरो उपाधि
पूर्णवहादुर थापाले माउण्ट भ्यु खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र डबल दुवै स्पर्धाको बिहिवार उपाधि जितेका छन् । श्रीभक्त ब्याडमिन्टन क्लबका पूर्णले पुरुष एकलको फाईनलमा बालकोट ब्याडमिन्टन क्लबका दिपक खत्रीलाई २१–११ र २१–१९ को सोझो सेटमा हराउदै स्वर्ण जिते । उनले पुरुष डबलको फाईनलमा साथी राजेश खैतुसग मिलेर युवा उत्थानका पुर्णहरि होना र शुसिल होनाको जोडिलाई २१–१२ र २१–१६ हराउदै दोहोरो उपाधि जित्न सफल भए । बालकोट ब्याडमिन्टन क्लबको आयोजनामा बालकोट स्थित माउण्ड भ्यु स्कुलको कोर्टमा संचालन भएको भेटा«न डबलको फाईनल खेलमा आयोजकका शुशिल पौडेल र राजु केसीको जोडिले सुमन खड्का र मोहन कवेको जोडिलाई २२–२० र २१–१४ को सोझो सेटमा निराश बनाए ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका युवा उत्थानका पुर्णहरि होना उत्कृष्ट खेलाडि चुनिए । शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको सह–प्रायोजनमा सम्पन्न भएको प्रतियोगिताका बिजेता तीनै स्पर्धाका खेलाडिलाई कल्प तरु आवस कम्पनीका डम्वरवहादुर बस्नेतले नगद ५ हजारको प्रायाजन गरेका थिए । त्यस्तै सौराहा स्थित राइनो रेसिडेन्सी रिसार्टेले तीनै स्पर्धाका स्वर्ण बिजेतालाई १ रात खान र बस्नको लागि प्रायोजन गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडिलाई नगरकोट स्थित कन्ट्रीबिल्ला होटलले कपलको नाईस्टेको लागि सौजन्य गरेको छ । प्रतियोगिताका बिजेता टिमलाई पूर्व एआईजी कृष्ण बस्नेत,आयोजक क्लबका अध्यक्ष शरणवहादुर मोक्तान,शेरवहादुर खड्का स्मृति प्रतिस्ठानका अध्यक्ष रन्जन खड्का,हास्य कलाकार मनोज गजुरेल लगायतले पुरस्कृत गरेका थिए ।