१२औ राष्ट्रव्यापी कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले ‘१२औ राष्ट्रव्यापी कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७२’– का विजयी खेलाडीहरुलाई शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित समारोहमा पुरस्कार प्रदान गरे । प्रधान सेनापति महारथी क्षत्रीले महिला एकलतर्फ भएकी त्रिभुवन आर्मी क्लवकी नङ्गशल तामाङ्ग, दोश्रो हुने सोही क्लवकी अमिता गिरी र तेस्रो हुने नेपाल एपीएफ क्लवका शोभा गौचन र शिक्षा श्रेष्ठलाई पुरस्कार प्रदान गरे । उनले पुरुष एकलतर्फको खेलमा प्रथम हुन सफल त्रिभुवन आर्मी क्लवका रत्नजीत तामाङ्ग, दोश्रो हुने सोही क्लवका दिपेश धामी तथा तेस्रो हुने नेपाल पुलिस क्लवका विष्णु कटुवाल र नेपाल एपीएफ क्लवका बिकाश श्रेष्ठलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
उनले महिला एकलतर्फको टाइटल विजेता त्रिभुवन आर्मी क्लवकी नङ्गशल तामाङ्ग तथा सोही क्लवका रत्नजीत तामाङ्गलाई समेत शिल्ड प्रदान गर्नुभयो । यसैगरी, शुक्रबार नै भएको पुरुष युगलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लवका रत्नजीत तामाङ्ग र नविन श्रेष्ठको जोडी विजयी भएको छ । सो जोडीले नेपाल एपीएफ क्लवका विजित थापा र बिकाश श्रेष्ठको जोडीलाई २१–१९, १४–२१ र २१–१५ ले पराजित गरेको थियो । विजेतालाई रथी पूर्णचन्द्र थापाले पुरस्कार प्रदान गरे ।
कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सो अवसरमा ५५ वर्षमाथि भेट्रान्स युगलतर्फको खेलमा विजयी भएका खेलाडीहरुलाइ ट्रफी तथा पुरस्कार प्रदान गरे ।सो खेलमा नेपाल एपीएफ क्लवका पुष्पा ताम्राकार र महेश श्रेष्ठको जोडी प्रथम, कास्कीका सुवास राई र महेश भट्टचनको जोडी दोश्रो, हिमालयन ब्याडमिन्टन क्लवका मोहनबहादुर शाही र नरेश ताम्राकारको जोडी तथा नेपाल एपीएफ क्लवका विष्णुलाल श्रेष्ठ र चुडामणी उपाध्ययको जोडी तेस्रो भएका थिए ।
कार्यक्रममा अवकाश प्राप्त का.मु. सशस्त्र प्रहरी महानिरीक्षक किशोर कुमार लामा, पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कडेल सशस्त्र प्रहरी परिवार महिला संघकी अधक्ष्य श्रीमती शिला राई, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रमेश श्रेष्ठ र मोहन बहादुर शाहीले समेत पुरस्कार प्रदान गरे ।
प्रतियोगितको १७ वर्षमुनिको पुरुष एकलतर्फको खेलमा कञ्चनपुरका सुनिल जोशी प्रथम, त्रिभुवन आर्मी क्लवका रुकेश महर्जन दोश्रो तथा कञ्चनपुरका चिरन विष्ट र नेपाल पुलिस स्कुलका प्रिन्स दाहाल तेस्रो भएका छन् ।
यसैगरी १७ वर्षमुनिको महिला एकलतर्फको खेलमा त्रिभुवन आर्मी क्लवकी मेघा चन्द प्रथम, मोरङ्गकी सिमा राजवंशी दोश्रो तथा नेपाल एपीएफ क्लवकी रञ्जना भट्ट र त्रिभुवन आर्मी क्लवकी सुनैना मुखिया तेस्रो भएका छन् ।
३५ वर्षमाथि मास्टर युगलतर्फको खेलमा नेपाल एपीएफ क्लवका अशोककुमार शाक्य र लोकबहादुर थापाको जोडी प्रथम सोही क्लवका गणेश ठाडामगर र सन्तोष सिंहको जोडी दोश्रो तथा मोरङ्ग जिल्ला अदालतका नवराज दुलाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तिर्थ निरौलाको जोडी तेस्रो भएका छन् ।
४५ वर्षमाथि मास्टर युगलतर्फको खेलमा नेपाल पुलिस क्लवका नरेन्द्र कार्की र भरतबहादुर शाहको जोडी प्रथम, नेपाल एपीएफ क्लवका हस्त गुरुङ्ग र मोहनकुमार गुरुङ्गको जोडी दोश्रो तथा सोही क्लवका चिरञ्जीवी कुँवर र दिपक थापाको जोडी तेस्रो भएका छन् ।
४५ वर्षमाथि भेट्रान्स युगलतर्फको खेलमा अन्नुपुर्ण ब्याडमिन्टन एकेडेमीका नविनबाबु श्रेष्ठ र श्यामबहादुर पराजुलीको जोडी प्रथम, नेपाल एपीएफ क्लवका वल्लभ महर्जन र पदमबहादुर मगरको जोडी दोश्रो तथा सोही क्लवका नारायणमान शाक्य र हरिप्रसाद श्रेष्ठको जोडी तथा त्रिभुवन आर्मी क्लवका सुवास श्रेष्ठ र भुमिबहादुर गुरुङ्गको जोडी तेस्रो भएको छ ।
मिश्रित युगलतर्फको खेलमा त्रिभुवन आर्मी क्लवका रत्नजीत तामाङ्ग र नङ्गशल तामाङ्गको जोडी प्रथम, नेपाल एपीएफ क्लवका बिकाश श्रेष्ठ र पुजा श्रेष्ठको जोडी दोश्रो तथा सोही क्लवका बिना तुलाचन र विशाल प्रधानको जोडी तथा त्रिभुवन आर्मी क्लवका अमिता गिरी र सुरोज महर्जनको जोडी तेस्रो हुन सफल भएको छ ।
महिला युगलतर्फको खेलमा नेपाल एपीएफ क्लवका पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडी प्रथम, त्रिभवन आर्मी क्लवका अमिता गिरी र नङ्गशल तामाङ्गको जोडी दोश्रो तथा सोही क्लवका सुनैना मुखिया र मेघा चन्दको जोडी तथा नेपाल एपीएफ क्लवका विना तुलाचन र कविता कार्कीको जोडी तेस्रो भएका छन् ।
पुरुष युगलतर्फको खेलमा त्रिभुवन आर्मी क्लवका रत्नजीत तामाङ्ग र नविन श्रेष्ठको जोडी प्रथम, नेपाल एपीएफ क्लवका बिकाश श्रेष्ठ र विजित थापाको जोडी दोश्रो तथा त्रिभुवन आर्मी क्लवका सुरज महर्जन र दिपेश धामीको जोडी तथा नेपाल पुलिस क्लवको दिपक बोहोरा र विष्णु कटुवालको जोडी तेस्रो भएका छन् ।