नेटबलको वर्कसप सम्पन्न

netball finale
नेपालमा नै दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेशयले नेपाल नेटबल संघले आयोजना गरेको प्रथम राष्ट्रिय नेटबल प्रशिक्षक तथा निर्णायक वर्कसप शुक्रबार सम्पन्न भएको छ । बशुन्धारास्थित साउथवेस्र्टन स्टेट कलेजमा पाँच दिन सम्म संचालित कार्यक्रममा स्कुल, कलेजका प्रशिक्षक तथा विश्वविद्यालयका फिजिकल शिक्षा तर्फका मास्टर्स तहमा अध्ययनरत विद्यार्थीहरु सहित ५० जनाको सहभागिता थियो ।
वर्कसपमा अन्तराष्ट्रिय प्रशिक्षण प्राप्त तथा विश्व विद्यालयमा फिजिकल एडुकेशनको प्राध्यापन गराईरहेका खेलकुद विज्ञहरु दीपक लामा, शैलेन्द्र चिलवाल, सुदर्शन जमरकट्टेल र प्रख्यात दोङ्गले प्रशिक्षार्थीहरुलाई नेटबलको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । त्रिभुवन विश्वविद्यालयले फिजिकल साईन्स अन्तरगत मास्टर्स तहको पाठ्यक्रममा नेटबलको कोर्षलाई समावेश गरि २०७० साल देखि पठन पाठन गर्दै आईरहेको छ ।
प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष ओलम्पियन सुरेन्द्र बहादुर हमालले एक कार्यक्रमविच प्रमाण पत्र वितरण गरे । कार्यक्रममा कोषाध्यक्ष हमालले प्रशिक्षार्थीहरुले प्राप्त गरेको ज्ञान र सिपले आगामी दिनमा नेपालमा अष्ट्रेलिया र युरोपमा पपुलर रहेको खेल नेपालमा पनि उत्तिकै पपुलर हुने र अन्तराष्ट्रिय स्तरमा पदक हासिल गर्ने खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
समापन कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका सदस्य आङ्ग देण्डी शेर्पा, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. लोकेन्द्र शेरचन लगायतको उपस्थिती रहेको थियो ।

Comment