एपिएफ कालोलाई सफ्टबलको उपाधी
प्रथम बार्षिक आरएसओ र ओडिसि सफ्टबल प्रतियोगिताको उपाधी शसस्त्र प्रहरी बलको एपिएफ ‘कालो’ टिमले जितेको छ । अमेरिकी दुतावास र नेपाल बेसबल एन्ड सफ्टबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेता टिमलाई नेपालका लागि अमेरिकी राजदुत एलेन बि टेप्लिजले शिल्ड हस्तातरण गरेकी थिइन् । शनिवार दुतावासको खेल मैदानमा भएको फाइनल खेलमा खड्क विष्टको कप्तानी विदेशी प्रशिक्षक जो इभनको प्रशिक्षणमा रहेको एपिएफ ब्ल्याकले अमेरीकी दुतावासको टिम बिविरुद्ध उत्कृष्ट पर्दशन गर्दै ११–१ रनले पराजीत गरेको थियो ।
अमेरिकी दुतावासको टिम दोस्रोमा चित्त बुझाउन बाध्य भयो । त्यसैगरि नेपाल आर्मीको रेड टिम तेस्रो स्थानमा रह्यो । शनिवार नै तेस्रो स्थानका लागि भएको खेलमा आर्मीको रेड टिमले नेपाल आर्मीकै ग्रिन टिमलाई १८–७ को रनले हरायो । दुई दिने प्रतियोगितामा आठ टिमको सहभागीता रहेको नेपाल बेसबल एन्ड सफ्टबल संघका सचिव दीपक न्यौपानेले बताए ।
नेपाल आर्मीको रेड, नेपाल आर्मीको ग्रिन टिम, एपिएफको ब्लु र एपिएफको ब्ल्याक टिमको सहभागीता रहेको थियो भने त्यसैगरि अमेरिकी दुतावासको दुई टिम र एक्ट्रा अल स्टार टिमले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष जीवन केसी, महासचिव अशोक भट्टचनको उपस्थित थियो ।
पछिल्लो समयमा नेपालमा सफ्टबलको विस्तार भइरहेको छ । आर्मी, एपिएफमा उत्कृष्ट खेलाडीहरु उत्पादन भइरहेको सचिव न्यौपानेले बताए । त्यसैगरि बुढानिकन्ठ, लिंकन, बिट्रिश गोर्खा स्कुल, ज्ञानोदय स्कुलमा पनि सफ्टबलको नियमित प्रशिक्षण भइरहेको छ ।