किक बक्सीङमा प्लाटिनम र उसुमा बुद्ध प्रकाशको बर्चस्व

martial art3e
जावालाखेल मार्शल आर्ट सेन्टरको आयोजनामा भएको राष्ट्रब्यापी मार्सल आर्ट महोत्सव अन्तर्गत करातेको पुरुष कुमुतेतर्फ ४५ केजीमा सुनिल खत्रि पहिलो,साङ छिरिङ तामाङ दोस्रो, हिरा मोक्तान र प्रकाश पाख्रीन तेस्रो ,५० केजीमा अनिष लामा पहिलो,अजुन कुमार चन्द दोस्रो ,सुजन चेपाङ र महेश थापा तेस्रो तथा ६० केजी तौल समुहमा आशिष थापा पहिलो ,उर्गेन लामा दोस्रो ,राहुल बुढाथोकी र टिका सुनुवार तेस्रो भए । महिलातर्फको कुमुतेमा ४५ केजीतौल सुमहमा दिपा लामा पहिलो,विजीता श्रेष्ठ दोस्रो,अप्सरा मोक्तान र रबिता घिसिङ तेस्रो तथा ५० केजी तौलमा रेजिना तामाङ पहिलो,करुणा श्रेष्ठ दोस्रो ,एलिसा लामा र राधा मानन्धर तेस्रो भइन् । किक बक्सीङतर्फको ,४८ केजी तौल समुहमा ५० केजीमा भक्तपुरका प्रकाश विष्ट र प्लाटिनम फिटनेशका अमित ठकुरी,५५ केजीमा विर बहादुर तामाङ र प्लाटिनमका करन बज्रचार्य ,६० केजीमा लगनखेलका राहुल बुढाथोकी र आयोजक जावलाखेल मार्सल आर्ट केन्द्रका सरोज सेवा,६५ केजीमा मेन केन्द्रका सिरेन गोर्खाली र भक्तपुरका सुजन तामाङ फाइनलमा प्रवेश गरे । खुल्लातर्फको पुरुषमा मानसिहं तामाङ र रोनिश चौधरी तथा महिलामा लगनखेलकी एलिसा लामा र बौद्धकी रोजिना तामाङ फाइनलमा पुगिन ।
तेक्वान्दोतर्फको पुरुष २८ केजी तौल समुहमा अविनाश पाण्डे पहिलो ,जोन तण्डुकार दोस्रो,दिवमान तामाङ र कृतन गोरी तेस्रो, ३० केजीमा तौल समुहमा सुमित तामाङ पहिलो,डेबिट राई दोस्रो,राहुल शाह र सुवास गोल तेस्रो,४० केजी तौल समुह मुनि सुजन थापा मगर पहिलो,कैलाश लामा दोस्रो,विसान्त वर्मा र प्रविन लिम्बु तेस्रो तथा ४७ केजी मुनि सुमित राना मगर पहिलो,सागर लामा दोस्रो ,नविन गुरुङ र गणेश श्रेष्ठ तेस्रो भए ।
उसुतर्फको पुरुषको थाउलो अन्तर्गत छान छवान पहिलो एडिसनमा बुद्ध प्रकासका सन्नी लामा पहिलो,लाखतीर्थका रुपेश लामा दोस्रो,मनमैजुका कृष तामाङ तेस्रो तथा सोही एडिसनको महिलामा केन्द्रकी सपना मोक्तान पहिलो,बुद्ध प्रकाशी अनु राई दोस्रो र मनमैजुकी दिक्षा राई तेस्रो भइन् । नान छवानको पहिला एडिसनको पुरुषमा बुद्ध प्रकाशका अजय तामाङ पहिलो,बूद्धकै राजेश चाम्लीङ राई दोस्रो र निन्जाका अभिसेख मगर तेस्रो तथा सोही बिधाकै महिलामा बुद्धकी खेलाडीद्धय रसु तामाङ पहिलो र विनीता लामिछाने दोस्रो भइन् । त्यस्तै पुरुषको ताइची छवानमा बुद्धका विवेक शाक्य पहिलो र मनमैजुका गौरव तामाङ दोस्रो सोही विधाको महिलामा बुद्धकी सम्झना लिम्बु पहिलो ,बुद्धकै समिक्षा सिरिस मगर दोस्रो र लख तिर्थकी प्रमिला महर्जन तेस्रो भइन् । फाइटतर्फको ५६ केजीमा बुद्ध प्रकाशका ज्ञानु लामाले केन्द्रका मिरा राईलाई पराजित गर्दै सेमिफाइनलमा पुगीन् । ६५ केजीमा बुद्ध प्रकाशका प्रमानन्द चौधरीले केन्द्रका सुनिल तामाङलाई हराउदै फाइनलमा प्रवेश गरे ।

Comment