नुवाकोटे टाइगरको टिमलाई बेल्ट
नेपाल रिङ्ग रेस्लिङ्ग संघको आयोजनामा शनिवार दशरथ रंगशालामाभएको अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा नेपालका नुवाकोटे टाइगरको टिमले बेल्ट जितेको छ । नुवाकोटे टाइगर र जापानका काराइकाजे रहेको टिमले पुरुष ट्याग टिमको फाइनल इभेन्टमा न्युजिल्यान्डका राल्डेन र अमेरिकाका बुफाजस्ता शक्तिशाली रेस्लरलाई आकर्षण रुपमा पराजीतगर्दै रिङ्ग रेस्लिङ्ग संघले आयोजना गरेको पहिलो प्रतियोगिताको बेल्ट आफ्नो नाममा बनाएका हुन् । वेल्ट जिते पछि नुवाकोट टाइगरले नेपालमा पनि शक्तिशाली मान्छे रहेको र रेस्लिङको सम्भावना प्रचुर रहेको बताए । टाइगरेको टिमले अघिल्लो चरणको खेलमा ताइवानका डो नी र जापानको येजिलेको जोडीलाई आउट गरेको थियो भेन बुफाको जोडीले नेपालका कोजु र चिनका चेन दोङ्गको जोडीलाई हराएको थियो ।
त्यसैगरि थ्रि वे ट्यागटिम म्याचमा सिंगापुरका युरासियन ड्रागन, नेपालका सिक्सवाननाइन र बाबायुउको जोडीले मलेसियाका गुयान, किंगकोब्रा र युभको जोडीलाई हरायो । त्यसैगरि थ्री वे कर्नर महिला टिमको म्याचमा मंगोलियाको योसिकाले जापानकी नानाइ ताकाहासी र म्याक्सिकोकी ताइयोलाई आकर्षक रुपमा लक प्रहार गरेर हराइन् । प्रतियोगितामा जापानका रेफ्री नाकामुरा, नेपालकी रेफ्रीतथा रिङ्ग रेस्लिङ्ग संघकी अध्यक्ष सुनिताथापा र कुवेर केसीले रेफ्रीको भुमिका निर्वाह गरेका थिए । यस अघिप्रधानमन्त्री केपी शर्मा ओलीले एक भव्य समारोहबिच रेस्लिङ्गको उद्घाटन गरेका थिए ।