म्याग्दी जलजला परिवारलाई भलिबल उपाधि

volleyballeम्याग्दी जलजला परिवारले अष्ट्रेलियामा सम्पन्न तृप्ती फाउण्डेशन कप पुरुष भलिबलको दोश्रो संस्करणको उपाधि जितेको छ । म्याग्दी सेवा समिति अष्ट्रेलियाको आयोजनामा अप्रिल १७ मा सम्पन्न भएको फाईनल खेलमा पश्चिम म्याग्दीको जलजला परिवारले बाग्लुङ कम्युनिटिमाथी ३–२ को रोमाञ्चक जित निकालेको थियो । अष्ट्रेलियाको सिड्नी स्थित म्यारिकभिलमा भएको खेलमा बाग्लुङ कम्युनिटीले पहिलो र दोश्रो सेट २५–२२ र २५–२१ ले जितेर २–० को अग्रता लिएको थियो । बिजेता टिम जलजलाले उत्कृष्ट पुनरागमन गदै लगातार तीन सेट २६–२४,२५–१४ र १६–१४ ले जित्दै उपाधि माथी कब्जा जमाएको थियो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडि बिजेता टिमका होम भण्डारी भएका थिए । त्यस्तै बेष्ट स्पाईकरमा बाग्लुङ अर्जुन अधिकारी चुनिए भने बेष्ट सेटरको उपाधि बाग्लुङकै लोक छन्त्यालले जिते ।
म्याग्दी सेवा समितिका अध्यक्ष हरि रामजालीले आफ्नी छोरी तृप्तीको नामबाट स्थापना गरेको प्रतियोगितामा ७ टिमको सहभागिता रहेको थियो । जलजला परिवारका टिम संयोजक तथा समाज सेवी दिपक भण्डारीले जानकारी गराए अनुसार ३ दिने प्रतियोगिताको बिजेता टिमले १ हजार ५ सय डलर,उपबिजेताले ८ सय डलर प्राप्त गरे । सर्वोकृष्ट खेलाडि र बिधागत उत्कृष्टले नगद सहित आकर्षक ट्रफि जितेका थिए ।

Comment