दौड बैशाख १८ मा

भूकम्प पीडितको सहयोगार्थ रामसुन्दर कार्की, राज प्रधान, नारायण आचार्य र डेविड जे. इन्ग्राम ललितपुरदेखि दोलखासम्म दौड्ने भएका छन् । दौड बैशाख १८ गते प्रारम्भ हुनेछ ।
गत बैशाखको भूकम्प कारण पीडित दोलखाको चरिकोटस्थित गौरीशंकर बाल गृहमा आश्रित अनाथ र असाहय बालवालिकाका लागि दुई कोठे भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले उनीहरु दौड्न लागेका हुन् ।

Comment