टेनिस टोली बैंकक जाने

tennis teame

आईटीएफ÷एटीएफ १४ एन्ड अन्डर डेभलोप्मेन्ट क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । खेलाडीहरुमा प्रेरणा कोइराला, सर्भानी श्रेष्ठ , स्नेहा यादव, रायना शाह, अकि जुवेन रावत तथा इभ्याक जोशी रहेका छन् । प्रशिक्षकमा विकास खड्का र अभिभावकमा देवेन्द्र रावत छन् ।
टोलीलाई अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र सदस्य पुरुषोत्तम कोइरालाले सातदोबाटोमा बिहीबार बिदाइ गरे । क्याम्प एसियाली टेनिस सेन्टरमा मे १ देखि १४ तारिखसम्म सञ्चालन हुनेछ ।

Comment