दौड सुरु

lalitpur taukheleभूकम्प पीडितको सहयोगार्थ रामसुन्दर कार्की, राज प्रधान, नारायण आचार्य र डेविड जे. इन्ग्रामले ललितपुरको टौखेलदेखि दोलखासम्मको दौड शनिबार प्रारम्भ गरेका छन् । गत बैशाखको भूकम्प कारण पीडित दोलखाको चरिकोटस्थित गौरीशंकर बाल गृहमा आश्रित अनाथ र असाहय बालवालिकाका लागि दुई कोठे भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले दौड सुरु गरिएको हो ।
करिब १ सय ४८ किलोमिटर दूरीको दौड आइतबार अपरान्ह ३ बजेतिर पूरा हुने धावक कार्कीले जानकारी गराए । पहिलो दिनको दौड उनीहरुले खाडीचौरमा टुंग्याउने छन् ।

Comment