नेटबल पुस्तकको विमोचन

Manoj Shiama
30 April, 2016 4:50 pm

नेपाल नेटबल संघले ‘ए कम्प्लिट नेटबल’ नामक पुस्तक प्रकाशित गरेको छ । युवा नेता गगन थापाले शनिबार एक कार्यक्रमबीच पुस्तकको विमोचन गरे ।नेटबल संघका महासचिव एवं नेटबलका नेपाल निर्देशक दीपक लामाद्वारा लिखित पुस्तकमा नेटलबको आधारभूत नियम, इतिहास, पोषण सम्बन्धी जानकारीलगायत विषयवस्तु समावेश गरिएको छ ।२ सय पृष्ठको पुस्तक अंग्रेजीमा भाषामा लेखिएको छ ।