रचना र सिद्धिलाई उपाधि
अन्तर्राष्ट्रिय श्रृमिक दिवसको अवसरमा आयोजित मनमोहन स्मृति खुला दौड प्रतियोगीताको उपाधि रचना र सिद्धिले जितेका छन् । शनिवार भएको २ किमि दौडमा महिला तर्फ रचना घिसिङ र पुरुष तर्फ सिद्धि बहादुर बुडाथोकी पहिलो भएका हुन । मदन भण्डारी स्पोर्टस् एकेडेमिको आयोजनामा सम्पन्न प्रतियोगीताको महिलातर्फ सृजना घिसिङ दोश्रो र नितु तामाङ तेस्रो हुदा पुरुषतर्फ सुनिल गुरुङ र लक्ष्मण फुयाल दोस्रो र तेस्रो भएका थिए ।
प्रतियोगीताका दुवै स्पर्धाका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश पाच हजार तिन हजार र दुई हजार नगद सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगीताका विजेता खेलाडिलाई एमालेका नेता विष्णु रिमाल र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए । दौड शंकरदेव क्याम्पसबाट शुरु भएर पुतली सडक रत्नपार्क, भृकुटीमण्डल, पुतली सडक हुदै पून शंकरदेव क्याम्पसमा आएर सम्पन्न भएको थियो ।