गौरीशंकर राष्ट्रपति रनिङ्ग शिल्ड नयाँ च्याम्पियन
गौरीशंकर मावि हेमजा कास्की जिल्लास्तरीय आठौ राष्ट्रपति रनिङ्ग शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । आठौ संस्करणसम्म आउदा सरकारी विद्यालय पहिलो पटक च्याम्पियन बनेको हो । शनिबार सम्पन्न प्रतियोगितामा एथलेटिक्समा ९० र कबडडीमा ४२ अंक सहित कुल १ सय ३२ अंक जोडेको हो । च्याम्पियन गौरीशंकरले १५ हजार रुपैया पायो । राष्ट्रपति रर्निङ्ग शिल्डको छैठौ पटकको विजेता टप्स उपविजेतामा सिमित बन्यो । लगातार तिन पटक च्याम्पियन बन्दै शिल्ड पच गरेको टप्स २०७० र ७१ को पनि विजेता च्याम्पियन हो । उसले कुल १ सय ११ अंक ल्याउदै उपविजेता बन्यो । टप्सले एथलेटिक्समा ७८ र भलिबलमा ४२ अंक ल्याएको थियो । एथलेटिक्समा ७९ अंक ल्याएर कास्की मोर्डनाइज्ड बोर्डिङ स्कुल तेस्रो भयो भयो भने सैनिक आवासिय विद्यालय ५४ अंक जोडदै चौथो भयो ।
शनिबार सम्पन्न कबड्डीको छात्र फाइनलमा गौरीशंकले अमरसिंह उमाविलाई २९–२८ ले पराजित गदै उपाधि जित्यो । छात्रा तर्फ शान्ति दिप बोर्डिङ स्कुलले डायमण्ड उच्चमाविलाई पराजित गदै उपाधि जित्न सफल भयो । कबडड्ीमा छात्रमा अमरसिंहका मनोज गुरुङ र छात्रा तर्फ शान्तिदीपकी कविता मगर उत्कृष्ट खेलाडी घोषित भए । विजेता विद्यालयका खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला अध्यक्ष यामबहादुर गुरुङ र जिल्ला उपाध्यक्ष चक्रप्रसाद गौचन(खगेन्द्र) लगायतले पुरस्कार वितरण गरे ।
छात्रा भलिबलको उपाधि टप्सले र छात्र तर्फको उपाधि बराह मावि भेडाबारीले जिते । भलिबल छात्रा तर्फ टप्सकी मनिता आले र छात्र तर्फ बराह उमाविका पारस गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । एथलेटिक्स तर्फ गण्डकी बोर्डिङका विकासकुमार शाह र छात्रा तर्फ टप्सकी शशी चौधरी उत्कृष्ट खेलाडी घोषित भए ।