काकरभिट्टा तेश्रो नेपाल कप फुटबलको क्वाटरफाईनलमा

loke newse
तेश्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता ईलामको कारफोकमा सुरु भएको छ । शनिबार कारफोक फुटबल मैदानमा नेपालको काकरभिट्टा फुटबल प्रशिक्षण केन्द्र र भारतको दार्जिलिङ्ग ११ फुटबल टिमविच भएको उद्घाटन खेलमा काकरभिट्टाले दार्जिलिङ्ग ११ लाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । काकरभिट्टाले पहिलो हाफमा गोलको प्रयास गरेता पनि सफल हुन सकेन । मध्यान्तर पछिको १२ औं मिनटमा दार्जिलिङ्गका गोलकिपरको गल्तिको फाईदा उठाउंदै टिम क्याप्टेन गिल्सन लिम्बुले टोलीको लागि खाता खोले । दार्जिलिङ्गलाई दवावमा राख्ने क्रममा काकरभिट्टाका विशाल राईले डि बक्स बाहिरबाट हानेको बल गोलपोसको बारमा लागेर फर्कियो । यस्तै क्रममा दोश्रो हाफको ३१ औ मिनटमा कर्ण लिम्बुले गोल गर्दै गोल अन्तरलाई २–० मा पु¥याए । कर्ण लिम्बुले ३६ औं मिनटमा हेड मार्फत गोल गर्दै काकरभिट्टालाई ३–० गोल अन्तरले विजय गराउन सफल भए ।
यस अघि संघिय मामिला तथा स्थानिय विकास सहायक मन्त्री रेशम लामाले प्रतियोगिताकोे उद्घाटन गरेका थिए । प्रतियोगितमा पहिलो तथा दोश्रो हुने टिमलाई नगद १ लाग तथा ५० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । उक्त पुरस्कार राशी ईलाम निवासी समाजसेवी तारा भट्टराईले प्रायोजन गरेका हुन् ।
प्रतियोगितामा भारतका तीन, पूर्वाञ्चल सशस्त्र प्रहरी बलको टिम सहित १० टिमको सहभागिता रहेको छ ।

Comment