इलाम क्वार्टरफाइनलमा
सीलगुढीको कन्चनजंगा फुटबल क्लब तेश्रो नेपाल कप आमन्त्रण फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । स्पोर्ट्स फर अल क्लब नेपालको आयोजनामा इलामको करफोक फुटबल मैदानमा भएको खेलमा कन्चनजंगाले मोरङ्ग ११ फुटबल टिमलाई ४– ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । खेलको १४ औं मिनटमा कन्चनजंगाका निवास मगरले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । सिद्धान्त क्षेत्रीले २२ औं मिनटमा गोल थप्दै गोल अन्तरलाई बढाए ।
५६औं मिनटमा मोरङ्गका किपर अगाडी बढेको फाइदा उठाउंदै अभिषेक दर्जीले आफ्नो टोलीको लागि गोल गर्दै गोल अन्तरलाई ३–० मा पु¥याए । चौथो तथा अन्तिम गोल ६५ औं मिनटमा अफ्रिकन खेलाडी टिमोले गरे । आईतबारै भएको अर्को खेलमा स्थानिय आयोजक ईलाम ११ फुटबल टिमले २ गोलले पछि परेको अवस्थालाई उल्टाउंदैं कालिम्पोङ्गको शेरे फुटबल क्लबलाई ३ – २ गोल अन्तरले पराजित ग¥यो । खेलको पहिलो हाफमा शेरे फुटबलका लागि १३ औं मिनटमा सन्दिप सुब्बाको पासलाई सदुपयोग गर्दै टोलीको लागि पहिलो गोल गर्दै टोलीलाई १–० गोलको अग्रता दिलाए । २३ औं मिनटमा टोलीले पाएको कर्नर किकलाई सदुपयोग गर्दै समिप गुरुङ्गले हेड गोल गर्दैै गोल अन्तरलाई २–० मा पु¥याए ।
ईलामले ३४ औं मिनटमा गोल गर्दै गोल अन्तरलाई २–१ म झार्न सफल भयो । सदीप राईले पाएको फ्रि किकलाई सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए । दोश्रो हाफको १७ औं मिनटमा सन्जोक राईले गोलबार बाट फर्किएको बललाई हेड मार्फत गोलमा परिणत गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । उनले २० औं मिनटमा संगम राईले प्रहार गरेको बललाई शेरेको किपरले समात्न नसकेको फाइदा उठाउंदै आफ्नो व्यक्तिगत दोश्रो गोल सहित टोलीलाई ३–२ को जित दिलाउन सफल भए ।