काकरभिट्टा र सशस्त्र सेमिफाइनलमा

Manoj Shiama
2 May, 2016 9:15 pm

ilam newse
काकरभिट्टा फुटबल प्रशिक्षण केन्द्र र पूर्वाञ्चल सशस्त्र प्रहरी बल फुटबल टिम सोमबार ईलाममा जारी तेश्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । स्पोटर््स फर अलको आयोजनामा भएको प्रतियोगिताको तेश्रो दिन झापाको काकरभिट्टा फुटबलले लमजुङ्गको त्रिवेणी युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिमा स्थान पक्का गरेका हो । खेलको २२ औं मिनटमा सुविन मैनालीले दिएको पासलाई सहि सदुपयोग गर्दै विशाल राईले आफ्नो टिमका लागि पहिलो गोल गर्दै अग्रता दिलाए । काकरभिट्टाको लागि दोश्रो गोल सुविन मैनालीले गरे । उनले २५ औं मिनटमा फ्रि किकलाई सिदै गोलमा परिणत गर्दैै खेललाई २–० मा पु¥याए । त्रिवेणीका नवराज गुरुङ्गले दोश्रो हाफको ३१ औ मिनटमा गोल फर्काउंदै गोल अन्तरलाई घटाउन सफल भए ।
काकरभिट्टाले अव फाईनल प्रवेशको लागि भारत सिलिगुढीको कन्चनजंगा फुटबल क्लबसंग प्रतिस्पर्धा गर्ने भएको छ । ईलामको करफोक मैदानमा भएको दोश्रो खेलमा पूर्वाञ्चलको सशस्त्र प्रहरी बलले कप्तान प्रदीप चौधरीको एक मात्र गोल मद्धतले ताप्लेजुङ्गलाई पराजित गर्दै सेमिमा स्थान बनायो । खेलको ३२ औं मिनटमा सशस्त्रका निशान लिम्बुले प्रहार गरेको कर्नर किकलाई चौधरीले सजिलै गोलमा परिणत गरेका थिए । निर्धारित समय सम्म कुनै गोल नभए पछि त्यही एक गोलमानै सशस्त्रले चित्त बुझाउन बाध्य भयो ।
सशस्त्रले अब मंगलबार स्थानिय आयोजक ईलाम ११ र मकवानपुर ११ विच हुने प्रतियोगिताको विजयी टिम संग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने छ ।